बागलुङबाट सुरु गरिएको सिवाईसीको योजना तर्जुमा गोष्ठि तानसेनमा सम्पन्न

सुमन जि.सी, बागलुङ २०७४ बैशाख १५ । चारतारे युवा क्लव सिवाईसी नेपालको आयोजनामा “हाम्रो प्रतिवद्धता, लघुवित्तमा शुद्धता” भन्ने मुल नाराका साथ बैशाख ९ गतेवाट बागलुङ बजारबाट सुरुवात भएको शाखा स्तरीय योजना तर्जुमा गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम बिहीवार पाल्पाको तानसेन बजारमा सम्पन्न भएको छ ।

संस्थाले सञ्चालन गरीरहेको लघुवित्त कार्यक्रमको गुणस्तर वृद्वी गर्ने, कार्यक्रम मार्फत वित्तीय सेवाको पहुँच नपुगेको ठाउँहरुमा वित्तीय सेवाको पहुँच वृद्घी गर्ने, स्थानीय स्तरमा उठेका सवालहरुलाई संस्थाको केन्द्रीय तहसम्म चरणवद्घ उठान गर्ने, सदस्यहरुलाई वित्तीय रुपमा साक्षर बनाउने, कार्यक्रम मार्फत संस्थाको सेवा सुविधाहरुको बारेमा जानकारी दिई सदस्यहरुको नेतृत्व तथा क्षमता विकास गर्ने तथा कार्यक्रममा उठेका सवालहरुलाई संस्थाको आगामी आ.व. को वार्षिक कार्यक्रम, नीति तथा बजेटमा समावेश गरी संस्था सञ्चालन प्रकृया सदस्यहरुको भावना अनुसारको गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्दै संस्थाका संस्थापक, कार्यसमिति सदस्य एवं सिवाईसी लघुवित्त कार्यक्रमका सुरुवातकर्ता सीता शर्माले सिवाईसी नेपालले आफ्नो स्थापनाकाल देखिनै महिलाका हक र अधिकारका क्षेत्रमा कार्य गर्दै आईरहेको बताईन । शर्माले सिवाईसी नेपालले लघुवित्त कार्यक्रम मार्फत ग्रामिण क्षेत्रमा रहेका महिलाहरुलाई आय आर्जनका क्षेत्रहरुमा लगानी गरी उद्यमी गराउने, बचत गर्ने वानीको विकास गर्ने, नेतृत्व तथा क्षमता विकास गर्ने कार्यका संगसंगै कार्यक्रमका सदस्यहरुको जन्मदेखि मृत्यू पर्यन्तसम्म सहयोग गर्दै आईरहको बताईन ।

संस्थाका विभिन्न १९ वटा शाखा कार्यालयहरु मध्ये तानसेन, रामपुर र पुर्तिघाट शाखाका संस्थाद्धारा गठित साविकका गाविस तथा न.पा. स्तरीय सञ्जालका निर्देशक, उपनिर्देशक र प्रवक्ताहरुको उपस्थिती रहेको कार्यक्रममा संस्थाको तानसेन शाखाको तर्फवाट शाखा स्तरीय सञ्जालका प्रवक्ता सुनीता राना, सल्लाहाकार भिमकुमारी शाक्य, रामपुर शाखको तर्फवाट शाखा स्तरीय सञ्जालका निर्देशक ईश्वरी काफ्ले, पुर्तिघाट शाखको तर्फवाट कालीगण्डकी गाउँपालीका स्तरीय सञ्जालका प्रवक्ता खिमा राना लगाएतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सोही अवसरमा लघुवित्त कार्यक्रम मार्फत महिलाहरुको शशक्तिकरण र आय आर्जनमा उल्लेख्य कार्य गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने केन्द्रहरु तानसेन शाखाको तर्फवाट नयाँदेवी आत्मनिर्भर महिला केन्द्र, रानीमहल आत्मनिर्भर महिला केन्द्र, छत्रदेवी आत्मनिर्भर महिला केन्द्र, रामपुर शाखाको तर्फवाट शिवशक्ती आत्मनिर्भर महिला केन्द्र, मनकामना आत्मनिर्भर महिला केन्द्र, देवकालीका आत्मनिर्भर महिला केन्द्र, र पुर्तिघाट शाखको तर्फवाट कालीगण्डकी आत्मनिर्भर महिला केन्द्र, शिवशक्ति आत्मनिर्भर महिला केन्द्र र संगम आत्मनिर्भर महिला केन्द्रले क्रमश प्रथम, द्धितीय र तृतीय स्थान हाँसील गरेकोमा नगद र प्रमाण–पत्रले पुरस्कृत गरिएको थियो ।

कार्यक्रमा लघुवित्त कार्यक्रममा पछिल्लो समयमा देखीएका समस्या तथा कमजोरी र यसको समाधानका लागि सदस्यहरुले गर्नुपर्ने तथा थाहा पाउनुपर्ने विषयहरु र संस्थाले प्रदान गर्दै आईरहेका सेवा सुविधाहरुको बारेमा संस्थाका सिनीयर आन्तरीक लेखा परीक्षण अधिकृत मुक्तिप्रसाद शर्माले सहजिकरण गरेका थिए ।

कार्यक्रममा वाढि पहिरो तथा दैवी विपत्तीवाट क्षती भएको ठाउँमा तत्काल राहत उपलब्ध गराउने हेतुले संस्थाको स्थापनाकाल देखिनै सञ्चालनमा रहेको मुष्ठिदान कार्यक्रमलाई निरन्तर दिन संस्थामा कार्यरत कर्मचारीहरु तर्फवाट वार्षिक १ दिनको तलव र लघुवित्त कार्यक्रमका सदस्यहरुले आफ्नो ईचछानुसार अन्न तथा सहयोग रकम प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यो कार्यक्रमका लागि संस्थाले छुट्टै स्वंसेवी कार्यदल गठन गरिसकेको र त्यस मार्फत तत्काल राहतका कार्यक्रमहरु सञ्चालनमा ल्याईने र सम्वद्ध सबैलाई सहयोग गर्न अध्यक्ष पौडेलले आग्रह समेत गरेका थिए ।

३ वटा शाखाका ६५ जनाको उपस्थिीती रहेको कार्यक्रमको अध्यक्षता संस्थाका प्रवन्धक संगिता शर्माले गरेकी थिईन । कार्यक्रमको स्वागत पुर्तिघाट शाखाका प्रवन्धक राजेन्द्र गौतम र सञ्चालन सिनीयर आन्तरीक लेखा परीक्षण अधिकृत मुक्तिप्रसाद शर्माले गरेका थियो । मिति २०७३ बैशाख ९ गते बागलुङ बजारबाट सुरुवात भएको कार्यक्रम १२ गते खर्वाङ बजार, १३ गते तम्घास बजार , १४ बते तानसेन बजार र १५ गते दमौली बजारमा सम्पन्न गरिने संस्थाले जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *