बुर्तिवाङको एक होटेलमा पसेर एक्कासी गोली चलाउने युवक पेस्तोल र गोली सहित पक्राउ !

कृष्ण कँडेल/छविलाल पाण्डे, बुर्तिवाङ बैशाख १३ । बागलुङ ढोरपाटन नगरपालिका बुर्तिबाङको एक होटेलमा पसेर एक्कासी गोली चलाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

आज दिउसो साढे ४ बजेको समयमा ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बसपार्कमा रहेको न्यु वुटवल थकाली भान्छा घर भित्र पसेर गोली चलाउने ३३ बर्षिय श्याम रेश्मीलाई प्रहरीले पक्राउ गरेको हो । रेश्मीले होटलमा पसेर एक्कासी एक राउण्ड गोली चलाएर भागेको प्रहरीको भनाई छ । निजले हानेको गोली होटेलको भित्तामा लागेर प्वाल परेको छ भने कुनै मानवीय क्षेती भने भएको छैन ।

भान्छाघरमा पसेर बुर्तिबाङका स्थानीय प्रेम लामा, मिथुन बिक लगायत युवाहरुलाई बोलाई यहाँको डनहरुलाई ठिक पार्न आएको बताउँदै कुराकानी गरीराखेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाको जाकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले पेस्तोल सहित भागेका रेश्मिलाई बुर्तिवाङ बजार देखि करीब डेढ किलोमिटर टाढा मध्यपहाडी लोकमार्गको बुर्तिबाङ भिमगिठे खण्ड स्थित खप्तरीबाङ भन्ने ठाउमा पुगेर प्रहरीले प्रकाउ गरेको छ । सडक हुँदै बडीगाड नदी पार गरेर जँगल तर्फ भाग्दै गरेको अबस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

प्रनि रानाका अनुसार निज रश्मीको साथबाट मेड ईन जापान लेखेको अटोमेटीक एक पेस्तोल, दुई थान म्याग्जिन र ११ राउण्ड गोली बरामद गरीएको छ ।
निज रेश्मि लामो समय देखि भारतमा बस्दै आएको र पछिल्लो समयमा नेपालमा आएर ग्रामिण क्षेत्रमा बिभिन्न व्यक्ति हरुलाई पिट्ने तर्साउने लगाएतका गतिबिधि गर्दै आएको बताईएको छ ।

रेश्मीले किन गोली चलाए भन्ने बारेमा अनुसन्धान भैरहेको अहिल्यै केहि भन्न नसकिने प्रहरीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *