राप्रपाद्धारा काठेखोला गाउंपालिकामा उम्मेद्वार छनोट !

कोपिला कंडेल, बागलुङ २०७४ बैशाख १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङ्गले काठेखोला गाउपालिकामा उम्मेद्वार चयन गरेको छ । राप्रपाका पुर्व क्षेत्रिय अध्यक्ष एबं जिल्ला सदस्य देबी प्रसाद कंडेललाई सर्वसम्मत गाउपालिका प्रमुखको उम्मेद्वार चयन गरेको राप्रपाले जनाएको छ । त्यसैगरी उपप्रमुखमा सारदा मल्ल र टिकामायां कंडेल रहेका छन् । वडा नम्वर २ को अध्यक्षको उम्मेद्वारीको लागि मान बहादुर कार्की, ३ मा दिपेन्द्र हमाल, ४ मा मन बहादुर पुन, ५ मा हिरालाल कंडेल, ६ मा लिलाधर ढुङ्गाना, ८ मा खेम बहादुर थापा क्षेत्री, रहेको बताईएकोछ ।

सो अवसरमा पुर्व केन्द्रिय सदस्य देबी प्रसाद कंडेलको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन परिचालन तथा वार्ता समिति चयन गरीएको छ । समितिका सदस्यहरुमा केदारनाथ कंडेल, देबी प्रसाद कंडेल, काशिराम कंडेल र मनरुपा साप्कोटा रहेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रिय सदस्य दिपेन्द्र हमालको संयोजकत्वमा १३ सदस्यीय युवा परीचालन तथा प्रचारप्रसार समिति गठन गरिएको छ । समितिको उपसंयोजक सुर्यछवी बिक सहित १३ सदस्यीय समिति गठन गरिएको राप्रपाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *