बिहुँको ग्राम विकास आधारभूत विद्यालयमा विद्यार्थी भर्ना अभियान जारी

भरत सापकोटा, बागलुङ २०७४ बैशाख १३ । साबिकको बिहुँकोट गाबिसको दहपानीमा रहेको ग्राम विकाश आधारभुत बिद्यालयले आफना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्न गर्न ल्याउन गरेको आग्रहलाई स्वीकार गरी अभिभावकहरुले उत्साहपूर्वक विद्यार्थीहरु भर्ना गर्न ल्याउने क्रम जारी रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल कँडेलका अनुसार अभिभावकहरुबाट विद्यालयलाई प्राप्त सहयोग प्रशंसनीय रहेको छ ।

विद्यार्थी भर्ना अभियानमा अभिभावकहरुले साथ दिएको बताउद निप्रअ विश्वपति शर्माले बोर्डिङमा भर्ना गरिएका विद्यार्थीसमेत सामुदायिक विद्यालयमा फिर्ता ल्याएको बताए ।

विद्यालय व्यवस्थापन समितिकी सदस्या तुलसी कँडेल, अर्की सदस्या मायादेवी कँडेल सल्लाहकार ग्याम नाथ कँडेल लगायतले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिगर्न आफुहरु सक्रिय भएर लाग्ने लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *