तम्घासमा शाखास्तरीय योजना तर्जुमा गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सुमन जि.सी गुल्मी २०७४ बैशाख १३ । चारतारे युवा क्लव सिवाईसी नेपालले सञ्चालन गरीरहेको लघुवित्त कार्यक्रम अन्तर्गत कार्यक्रमको गुणस्तर वृद्धि गर्ने, कार्यक्रम मार्फत वित्तीय सेवाको पहुँच नपुगेको ठाउँहरुमा वित्तीय सेवाको पहुँच वृद्घी गर्ने, स्थानीय स्तरमा उठेका सवालहरुलाई संस्थाको केन्द्रीय तहसम्म चरणवद्घ उठान गर्ने, सदस्यहरुलाई वित्तीय रुपमा साक्षर बनाउने, कार्यक्रम मार्फत संस्थाको सेवा सुविधाहरुको बारेमा जानकारी दिई सदस्यहरुको नेतृत्व तथा क्षमता विकास गर्ने तथा कार्यक्रममा उठेका सवालहरुलाई संस्थाको आगामी आ.व. को वार्षिक कार्यक्रम, नीति तथा बजेटमा समावेश गरी संस्था सञ्चालन प्रकृया सदस्यहरुको भावना अनुसारको गराउने उद्देश्यले शाखा स्तरीय योजना तर्जुमा गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम “हाम्रो प्रतिवद्धता, लघुवित्तमा शुद्धता” भन्ने मूल नाराका साथ गुल्मीको तम्घास बजारमा बुधवार सम्पन्न भएको छ ।

संस्थाका विभिन्न १९ वटा शाखा कार्यालयहरु मध्ये तम्घास, शान्तिपु र बरेङ शाखाका संस्थाद्धारा गठित साविकका गाविस तथा न.पा. स्तरीय सञ्जालका निर्देशक, उपनिर्देशक र प्रवक्ताहरुको उपस्थिती रहेको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतीथी संस्थाका संस्थापक, कार्यसमिति सदस्य एवं सिवाईसी लघुवित्त कार्यक्रमका सुरुवातकर्ता सीता शर्माले केही टाठावाठा महिलाहरु नेतृत्व तहमा पुग्दैमा ग्रामीण क्षेत्रमा रहेका पछि परे पारिएका महिला दिदीबहीनीहरुको सशक्तिकरण भएको छ भन्न नसकिने बताएकी छिन ।

शर्माले ग्रामीण क्षेत्रमा रहेका महिला दिदीवहिनीहरुको शशक्तिकरण र विकासका लागि सबैभन्दा पहिले महिलाहरुको आर्थिक पहुँचमा बृद्धि गर्नुपर्ने धारण राखीन । ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक, सामाजिक र नेतृत्व स्तर माथि उठाउन तथा सम्पत्ती माथि महिलाहरुको पहँुच पु¥याउने एक मात्र कार्यक्रम लघुवित्त भएको उनको भनाई थियो । कार्यक्रममा सिवाईसी नेपाल तम्घास शाखाको तर्फवाट छत्रदेव गाउँपालीका वडा नं. ७ का निर्देशक फुलमाया विक, तम्घास शाखाकै तर्फवाट रेसुङ्गा न.पा. वडा नं. १० का प्रवक्ता लेखवाहादुर दमाई, सिवाईसी नेपाल शान्तिपुर शाखको तर्फवाट चन्द्रकोट गाउँपालीका वडा नं. ५ का निर्देशक राधिका न्यौपाने, सिवाईसी नेपाल बरेङ शाखको तर्फवाट बरेङ गाउँपालीका वडा नं १ का प्रवक्ता मैना वि.क. लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमा लघुवित्त कार्यक्रममा पछिल्लो समयमा देखीएका समस्या तथा कमजोरी र यसको समाधानका लागि सदस्यहरुले गर्नुपर्ने तथा थाहा पाउनुपर्ने विषयहरु र सिवाईसी नेपालले प्रदान गर्दै आईरहेका सेवा सुविधाहरुको बारेमा संस्थाका सि. आन्तरीक लेखा परीक्षक अधिकृत मुक्तिप्रसाद शर्मा र शान्तिपुर शाखा कार्यालयका प्रवन्धक विष्णु पौडेलले सहजिकरण गरेका थिए ।

कार्यक्रमकै अवसरमा लघुवित्त कार्यक्रम मार्फत महिलाहरुको शशक्तिकरण र आय आर्जनमा उल्लेख्य कार्य गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने केन्द्रहरु तम्घास शाखाको तर्फवाट रेसुङ्गा आत्मनिर्भर महिला केन्द्र, भगवत्ती आत्मनिर्भर महिला केन्द्र, शुभकामना आत्मनिर्भर महिला केन्द्र, शान्तिपुर शाखाको तर्फवाट विशाल आत्मनिर्भर महिला केन्द्र, सत्यवती आत्मनिर्भर महिला केन्द्र, चक्रेश्वर आत्मनिर्भर महिला केन्द्र, र बरेङ शाखको तर्फवाट जनचेतना आत्मनिर्भर महिला केन्द्र, सक्रिय आत्मनिर्भर महिला केन्द्र र नाम्दुक आत्मनिर्भर महिला केन्द्रले क्रमश प्रथम, द्धितीय र तृतीय स्थान हाँसील गरेकोमा नगद र प्रमाण–पत्रले पुरस्कृत गरिएको थियो । सोही अवसरमा संस्थाको शान्तिपुर शाखा अन्तर्गत सबैभन्दा वढि संस्थामा बचत गर्ने सदस्य श्री रेनुका थापालाई उत्कृष्ठ बचतकर्ताको रुपमा प्रशंसा पत्रद्धारा सम्मान गरिएको छ ।

कार्यक्रममा वाढि पहिरो तथा दैवी विपत्तीवाट क्षती भएको ठाउँमा तत्काल राहत उपलब्ध गराउने हेतुले संस्थाको स्थापनाकाल देखिनै सञ्चालनमा रहेको मुष्ठिदान कार्यक्रमलाई निरन्तर दिन संस्थामा कार्यरत कर्मचारीहरु तर्फवाट वार्षिक १ दिनको तलव र लघुवित्त कार्यक्रमका सदस्यहरुले आफ्नो ईचछानुसार अन्न तथा सहयोग रकम प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

३ वटा शाखाका ८५ जनाको उपस्थिीती रहेको कार्यक्रमको अध्यक्षता संस्थाका प्रवन्धक संगिता शर्माले गरेकी थिईन । भने स्वागत तथा शाखाको प्रगतीको बारेमा जानकारी शान्तिपुर शाखाका प्रवन्धक विष्णु पौडेल र सञ्चालन सिनीयर आन्तरीक लेखा परीक्षण अधिकृत मुक्तिप्रसाद शर्माले गरेका थियो । मिति २०७३ बैशाख ९ गते बागलुङ बजारबाट सुरुवात भएको कार्यक्रम १२ गते खर्वाङ बजार, १३ गते तम्घास बजार , १४ गते तानसेन बजार र १५ गते दमौली बजारमा सम्पन्न गरिने संस्थाले जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *