स्थानीय निर्वाचनलाई ध्यानमा राख्दै बुर्तिवाङ प्रहरी मदिरा नियन्त्रण अभियानमा !

बुर्तिबाङमा बरामद गरिएको मदिरा तथा मदिराजन्य पदार्थ नष्ट !

राम सुवेदी, बुर्तिवाङ २०७४ बैशाख १३ । बुर्तिवाङ र यसको आसपासको क्षेत्रमा प्रहरीले मदिरा नियन्त्रण अभियान सुरु गरेको छ । आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङले मदिरा नियन्त्रण अभियान थालेको जनाएको छ ।

निर्वाचन नजिकिएसँगै मदिरा सेवन गरि शान्ति सुरक्षामा खलल पुग्ने कामहरु हुनसक्ने भन्दै भन्दै त्यस्तो गतिविधि नियन्त्रणका लागि स्थानीय स्तरमा उत्पादन गरिने मदिरा तथा मदिराजन्य बस्तु बरामद गर्न थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

अवैध रुपमा उत्पादन हुने मदिरा र त्यसको अनियन्त्रित बेचविखन रसेवनले समाजमा विभिन्न विकृति विसंगति उत्पन्न हुने भएकाले त्यसको नियन्त्रणका लागि समेत यो अभियानले मद्धत पुग्ने प्रहरी निरक्षक रानाको भनाई छ ।

स्थानीय राजनैतिक दलका प्रतिनिधि, पत्रकार तथा प्रहरीको रोहबरमा उक्त बरामद गरिएको मदिरा तथा मदिराजन्य वस्तु नष्ट गरिएको हो ।
प्रहरीले मदिरान नियन्त्रण अभियानलाई अझै तीब्र बनाउने बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *