स्थापना दिवसमा जिल्ला सहकारी संघद्वारा आश्रमका आमाहरुलाई खाद्यान्न सहयोग

बागलुङ, २०७४ बैशाख १३ । जिल्ला सहकारी संघ लिमिटेड, बागलुङले स्थापनाको दशौ वर्ष प्रवेशको अवसर पारेर रामानुज आश्रमका जेष्ठ नागरिकहरुलाई खाद्यान्न उपलब्ध गराएको छ ।

संघ स्थापना भएको दिनमा मातातिर्थ औसी समेत परेकोले बागलुङ नगरपालिका–४ निर्णयघाटमा रहेको रामानुज आश्रमका आमाहरुलाई खाद्यान्न प्रदान गरेको हो ।

२ बोरा चामल, २ बोरा आटा, तेल, नुन लगायतका सामग्री आश्रमका आमाहरुलाई प्रदान गरिएको संघका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

संघका सल्लाहकार तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि. सी., संघका अध्यक्ष गौतम, सचिव युक्तप्र साद कंडेल, सञ्चालकहरु अञ्जु जि सी, दिपेन्द्र बाँस्कोटा लगायतले आश्रमका पुरुषोत्तम दिदीलाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।

जिल्लाका सबै सहकारी संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको जिल्ला सहकारी संघ लिमिटेड बागलुङ २०६५ बैशाख १३ गते डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भएको थियो ।

संघमा हाल बागलुङ जिल्लामा दर्ता भई क्रियाशिल रहेका १ सय २० सहकारी संघ सं स्थाहरु सदस्य रहेका छन् । संघले ३० लाख रुपैया पूँजि रहेको संघले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *