बच्छेश्वर गुफाको विकासका लागी तत्काल कदम चाल्ने सांसद लम्सालको प्रतिवद्धता

माधब पराजुली, पर्वत २०७४ बैशाख १३ । पर्वत बिहादी गाउँपालिका वडा नं.१ मा रहेको बच्छेश्वर गुफा प्रचार प्रसादको अभावमा ओझेलमा परेको छ । उक्त गुफालाई भालु गुफा पनि भन्ने गरिन्छ । बाच्छाको झेडाबारी गाउँमा अवस्थित उक्त गुफा प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको स्थानीय रन बहादुर क्षत्रीले बताए ।

झण्डै ८ सय मानिसहर बस्न मिल्ने गरि फैलिएको गुफामा प्राकृतिक रुपमा कुदिँएका देवाकृति बिभिन्न जीव जन्तु तथा प्राकृतिक सङ्गीत सुन्न सकिने धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको क्षत्रीले बताए । बाहिरबाट हेर्दा गुफाको प्रवेशव्दारको प्वाल सानो देखिएता पनि भित्र प्रवेश गर्दा मानिस उभिएर हिँड्न मिल्ने उनको भनाई छ ।

उक्त गुफाभित्र आकर्षक ढुङ्गाका प्राकृतिक रुपमा कुँदिएका मूर्तिहरु छन् । मनले जे सोच्यो त्यही आकृतिका भगवानका रुपाकृति, मादल, खैजरी, मुरली, थाल कचौरा,गाई,जस्ता मूर्तिहरु कुँदिएको स्थानीय जीवन थापा बताउछन् ।

पर्वतको दक्षीणी भेगमा करिब १८ सय मिटरको उचाईमा रहेको यो गुफा युगौँदेखि संरक्षणको पर्खाइमा रहेको छ । स्थानिएको कुनै चासो नहुनुका साथै अति बिकट ठाउँमा रहेकाले उक्त गुफाको संरक्षण तथा प्रबद्धन हुन नसकेको बताईएको छ । यो गुफामा भूत तथा बाघको डरका कारण भित्र जो कोहीँ प्रवेश नगरेको स्थानीयको भनाई छ ।

बाच्छाको सेरोफेरोमा रहेका थुप्रै ऐतिहासिक, सांस्कृतिक एवम् प्राकृतिक धरोहरहरु बच्छेश्वरकोट,आलोगुफा, २३ सय मि. उचाईमा रहेको गोर्लाङको वन, दुर्लाङ देवलस्थलहरु, कालिगण्डकी बिहादी फाटँ लगाएतका पर्यटकस्थल यो गुफाबाट सजिलै अवलोकन गर्न सकिन्छ ।

पछिल्लो चरणमा भने गुफा व्यवस्थापनका लागि स्थानीयवासीको पहल भइरहेको छ । पर्यटनको अथाह महत्व बोकेको बाच्छावासीको मुटुमा रहेको गुफाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरिदिन स्थानीयवासीले सांसद विकास लम्साललाई आग्रह गरेका छन् । हातमा लाइट बाली घस्रेर दूलोभित्र छि¥यौँ, भित्र त हेर्न लायकको फराकिलो भाग रहेछ सांसद लम्सासले भने, यस गुफालाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्नको निम्चि आफुले तत्काल पहल कदमी चाल्ने छु ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *