जैदीमा जनमोर्चाको चुनावी सभा !

बागलुङ, २०७४ बैसाख १३ । राष्ट्रिय जनमोर्चा बागलुङले जैमिनि नगर पालिका ७ जैदीमा मंगलबार चुुनावी सभा सम्पन्न गरेको छ ।

सभालाई सम्बोधन गर्दै नेकपा मसालका केन्द्रिय प्रवक्ता विमल शर्माले जनताको अधिकार सुनिस्चित गर्नको लागि राष्ट्रिय जनमोर्चाका उमेदवारलाई विजयी गराउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा जैमिनि नगर पालिका मेयरका उमेदवार नरबहादुर पुनले आफु सँग जैमिनि नगर पालिकालाई देशकै नमुना नगर पालिका बनाउने सपना रहेको बताउँदै सपना साकार पार्नको लागि गिलास चिन्हमा मतदान गरि आफुलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाको तर्फबाट उपमेयरको सिफारिस पर्नु भएका लिलादेवी शर्मा र मुलप्रवाह अखिल नेपाल भारत नेपाली एकता समाजका केन्द्रिय समितिका सल्लाहकार सूर्य थापाले बोलेका थिए ।
राष्ट्रिय जनमोर्चा ग्राम समिति जैदीका अध्यक्ष डिलबहादुर दर्जिको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत मंतव्य भक्तिप्रसाद शर्मा र सञ्चालन कमल गिरीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *