काठेखोलाको भीमापोखरामा एमालेको प्रचार अभियान

बागलुङ, २०७४ बैशाख १३ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा दलहरु चुनावी अभियानमा सक्रिय भएका छन् । उमेदवार चयन देखि प्रचार अभियान लिएर दलहरु गाउँ गाउँमा जुट्न थालेका छन् । दलहरु गाउँ पसेपछि स्थानीय जनता समेत निर्वाचन अभियानमा केन्द्रीत भएका छन् ।
यसै क्रममा नेकपा एमालेले काँठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराका विभिन्न टोलमा भेला, अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
साविक भीमापोखरा गाविसका वडा नं. ३ र ४ मा सम्पन्न भेलाले सुरेश थापा मगरको संयोजकत्वमा २१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । यस्तै भेलाले सविना गौतमको संयोजकत्वमा १५ सदस्यीय महिला परिचालन समिति, यामबहादुर थापाको संयोजकत्वमा १० सदस्यीय किसान परिचालन समिति गठन गरेको छ ।
यस्तै साविक भीमापोखरा गाविस १ दपासामा सम्पन्न भेलाले लक्ष्मी हमालको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
स्थानीय निकाय निर्वाचन आफ्नो पक्षमा पार्न जनताका बीचमा उमेदवार सहितको टोलीले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको नेकपा एमालेका वडा अध्यक्ष रामप्रसाद शर्माले जानकारी दिए ।
भेलामा एमाले जिल्ला सदस्य अमरबहादुर थापा, एमालेका तर्फबाट काँठेखोला गाउँपालिका वडा नं. २ मा अध्यक्षका उमेदवार विद्यापती शर्मा, पार्टीका वडा अध्यक्ष रामप्रसाद शर्मा लगायतले एमालेको नेतृत्वमा मात्रै जनताका समस्या समाधान गर्न सकिने भएकाले एमालेलाई जिताउन आव्हान गरेका थिए ।
एमाले बागलुङले काँठेखोला गाउँपालिकाको अध्यक्षमा अमरबहादुर थापा, डिलबहादुर कार्की र परमानन्द कंडेल तथा उपाध्यक्षमा अञ्जु जिसी (हुमा), गंगाकुमारी शर्मा र कोपिला पुनलाई सिफारिस ग रेको छ । प्रदेश संगठन कमिटिले गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको निर्णय गर्ने एमालेले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *