मल्ममा समावेशी शिक्षा प्रवर्दन सम्बन्धी अन्तरक्रिया सम्पन्न

थम्मन थापा सन्देश , गल्कोट २०७४ वैशाख १३ । दलित सशक्तिकरण केन्द्र बागलुङको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा १ दिने समावेशी शिक्षा प्रवर्दन सम्बन्धी अन्तरक्रिया गलकोट नगरपालिका ७ मल्ममा सम्पन्न भएको छ ।

प्रगति आधारभुत विद्यालय मल्ममा सम्पन्न उक्त कार्यक्रममा शैक्षिक कार्ययोजना, नियमित गृहकार्य, शिष्ट बोली व्यवहार, समावेशी शिक्षामा एकरुपता, विद्यालयका चुनौति लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा विद्यालयका विविध विषयमा दलित सशक्तिकरण केन्द्र बागलुङका कार्यक्रम अधिकृत श्याम विश्वकर्मा र सामाजिक परिचालिका निरुता विश्वकर्माले जानकारी लिएका थिए ।

अन्तरक्रियामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षकहरु गरि १५ जनाको सहभागिता रहेको थियो । भैरव मावि बासखोलामा पनि सोही कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु शिक्षकहरु गरि २० जनाको सहभागिता रहेको थियो । अन्तरक्रिया आज गलकोट नगरपालिका ४ को खरुवा मावि र भुमे प्राविमा गरिने कार्यक्रम तय भएको छ ।
च्भउथि च्भउथि तय ब्िि ँयचधबचम ःयचभ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *