सुर्तिजन्य पदार्थ नियमन सम्बन्धि कानुनको कार्यान्वयन बारेमा सहजिकरण

कृष्ण कँडेल, बुर्तिबाङ २०७४ बैशाख १३ । सुर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने कानुनको कार्यान्वय सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम ढोरपाटन नगरपालिकाको सइखोलामा सम्पन्न भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा ढोरपाटन नगरपालिको वडा नम्बर–५ र ६ को केन्द्र शैखोलामा भएको कार्यक्रममा स्थानिय व्यापारी, शिक्षक, वालक्लवका सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा नेपाल सरकारले गत चैत्र १ गतेदेखि कार्यान्वयनमा ल्याएको सुर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने नयाँ कानुन सम्बन्धमा सहजिकरण भएको थियो ।

नयाँ कानुनमा सर्तिजन्य पदार्थ प्रयोगकर्ताहरुले सार्बजनिक स्थलबाट १०० मिटर नजिकको दुरीमा प्रयोग गर्न नपाउने, विक्रेताले अरुसामान भन्दा छुट्टै राख्नुपर्ने, विक्रिवितरणको अनुमती विना बेच्न नपाईने, वालवालिका र गर्भवती महिलालाई मदिराजन्य पदार्थ खरिद विक्रि गर्न गराउन र प्रयोग गर्न गराउन नपाईने जस्ता व्यवस्था गरिएको छ ।

कार्यक्रमको सहजिकरण जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका हेल्थ असिष्टेन्ट चुडामणी कँडेल र अधिकारीचौर स्वास्थ्यचौकी प्रमुख ललितकुमार यादबले गरेका थिए ।

कार्यक्रम ढोरपाटन नगरपालिका वडा नम्बर–५ र ६ को संयुक्त वडा कार्यालयका वडा सचिव कमलप्रसाद कँडेलको अध्यक्षता र अहेब मुक्तिनाथ लोहनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यहि कार्यक्रम सोमवार निसीखोला गाउँपालिकाको देविस्थानमा भएको थियो भने आज बुधवार बाडगाड गाउँपालिकाको ग्वालीचौर र खर्बाङमा हुने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *