बागलुङका १० वटै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कृष्ण कँडेल, बागलुङ २०७४ बैशाख १३ । बागलुङ जिल्लाका ९ वटा स्थानिय तहमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला स्तरमा यसअघि बैशाख ३ गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भईसकेका छ ।

मंगलवार बागलुङ नगरपालिका बाहेक अरु ३ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा निर्वाबचन अधिकृतको कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले जानकारी दिए । बागलुङ नगरपालिकामा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले नै नगरको निर्वाचन कार्यक्रम पनि सञ्चालन गर्नेछ ।

कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको कार्यालयबाट मानोनयन दर्ता, चुनाब चिह्न प्रदान लगायत कार्यकोे विबरण सहित बैसाख १९ गते देखिको निर्वाचन कार्यतालिका र मदतान केन्द्रको विवरण पनि मंगलवार नै प्रकाशन गरिएको छ ।

पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, वडीगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा पनि कार्यालयको बोर्ड राखेर औपचारिक कार्यक्रम गरि कार्यालय स्थापना गरिएको छ ।

ढोरपाटन नगरपालकाको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन अधिकृत केदारनाथ पौडेलले बोर्ड अनावरण गरेर शुभारम्भ गरेका थिए । सवैसँग सहकार्य गरेर शान्तिपुर्ण निर्वाचन गराउन आफु प्रतिबद्ध रहेको उनको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *