Menu

इप्रका बुर्तिबाङका प्रहरी जवान र म्यादी प्रहरीव्दारा बुर्तिवाङ बजार सरसफाई !

राम सुवेदी, बुर्तिबाङ २०७४ बैशाख १३ । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरी सहित इलाका प्रहरी कार्यालय बुर्तिबाङले मंगलवार बुर्तिबाङ वसपार्क सरसफाई गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी जवान तथा म्यादी प्रहरीमा रहेका ६१ जनाको टोलीले बसपार्क तथा त्यस मुनी रहेको सडक समेत सरसफाई गरेको हो ।

निर्वाचनका लागि शान्ति सुरक्षाका लागि खटिने म्यादी प्रहरीलाई तालिम दिई रहेको अवस्थामा उनीहरुलाई सामाजिक गतिविधिमा समेत संलग्न गराउने हेतुले सरसफाईमा सरिक गराइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

सो टोलीले आज पनि बजारका अन्य भाग सरसफाई गर्ने प्रहरी निरीक्षक रानाले जानाकारी दिए । सरसफाई अभियानमा स्थानीय वजारवासीलाई समेत टोलीसँगै रहेर सहयोग गर्न उनले आग्रह गरेका छन् ।

यसैबीच स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाको जिम्मेवारी प्रहरी र म्यादी प्रहरीलाई दिइएको हुँदा आफ्ना प्रहरीले कुनै राजनैतिक दलको नजिक भएजस्तो वा सहयोग गरेको देखिएमा त्त्काल आफूलाई फोन गरेर जानाकारी दिन समेत रानाले अनुरोध गरेका छन् ।

हिजो निर्वाचन अधिकृतको कार्यालय उदघाटन कार्यक्रम पछिको अनौपचारिक कुराकानीमा प्रहरी निरीक्षक रानाले, उपस्थित राजनैतिक पार्टी प्रतिनिधि समक्ष, आफ्ना प्रहरीले कुनैपनि दललाई नजिक भएको भन्ने वा एका तर्फमात्र रहेर सहयोग गरेको देखिएमा तत्काल आफ्रूलाई जानाकारी दिनु अनुरोध गरेका हुन् । प्रहरी सबैको भएको र प्रहरीका आँखामा सबै दल हातका पाँच औंला वरावर भएको भन्दै रानाले सबैलाई मिलाएर लैजाने दायित्व रहेको बताए ।

यसैबीच प्रहरी निरीक्षक रानाले, निर्वाचनका क्रममा जो सुकै राजनैति पार्टीका मान्छेले भौतिक आक्रमण गर्ने, हुलदंगा गरि शान्ति सुरक्षा खलवल पार्ने काम गरेमा आफूले नियमानुसार मुद्दा चलाउन बाध्य हुने भन्दै त्यसतो अवस्था आउन नदिन दलहरुलाई ध्यानाकर्षण समेत गराएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *