माओवादी केन्द्र मल्मको जनभेटघाट : माओवादी केन्द्रको उपहार, गाउॅ नगरमा सिंहदरबार !

थम्मन थापा सन्देश, गल्कोट २०७४ वैशाख ११ । आसन्न स्थानिय निर्वाचनलाई लक्षित गरी नेकपा माओवादी केन्द्र मल्मको पहिलो चरणको जनभेटघाट तथा अन्तरक्रिया आईतवार सम्पन्न भएको छ । माओवादी केन्द्रको उपहार, गाउॅ नगरमा सिंहदरबार भन्ने मुल नाराका साथ वैशाख ४ गते बामिया र आगाखेतबाट सुरु भएको अभियान हिजो झिर्कामा समापन गरिएको माओवादी केन्द्र गल्कोट नगरपालिका ७ का वडा अध्यक्षका उम्मेदवार सुवेदार टिका बहादुर थापाले बताए।

अन्तरक्रियामा स्थानियले सदियौं देखि झिर्कामा रहेको खानेपानीलाई सबै राजनैतिक दलले चुनाव आउॅदा चिल्ला कुरा गर्ने अघिपछि बेवास्ता गर्ने प्रवृत्तिले आफुहरु समस्यामा रहेको दुखेसो पोखेका थिए ।

कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, डिल बहादुर परियार, विष्णु खत्री, राज थापा, धुब्र चोखाल लगायतले चुनाव केन्द्रित मन्तव्य राखेका थिए।

सो अवसरमा स्थानिय निर्वाचन सफल पार्न ज्ञान बहादुर कार्कीको संयोजकत्वमा १३ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा हेमु खत्री, दिलमाया विक, हुम बहादुर कार्की, दिपक कार्की, सुर्य खत्री, तार्जन कार्की, हिरा बहादुर थापा, मना कार्की, दिल कुमारी विक, कमला विक, अस्मिता दर्जी र केशव दर्जी रहेका छन् । त्यस्तै टार्जन कार्कीको संयोजकत्वमा ९ सदस्यीय वाई सि यल समिती गठन गरिएको छ ।

सदस्यहरुमा दिपक कार्की, राजन दर्जी, हरि थापा, बिशाल थापा, प्रदिप थापा, विजय थापा, प्रकाश घर्ती, कमला विक र अस्मिता परियार रहेका छन् । अन्तरक्रिया नेकपा माओवादी केन्द्र मल्मका अध्यक्ष छुम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *