Menu

जनता माबि राङखानीमा परिसूचन बालक्लव पुनर्गठन !

विजय राना, बागलुङ, २०७४ बैशाख १० । बागलुङको जनता माध्यमिक विद्यालय राङखानी पाहीमा बालबालिकाहरुको शनिवार भएको भेलाले परिसूचन बालक्लव पुनर्गठन गरेको छ ।

जिल्लाबाट प्रकाशित हुँदै आएको परिसूचन साप्ताहिक पत्रिकाले बालबालिकामा भएको प्रतिभा प्रस्फुटन गराउने र उपलब्धिमुलक बाल सिकाइ गराई समाजप्रति उत्तरदायी नागरिक निर्माण गर्ने अभियान स्वरुप बालक्लव पुनर्गठन गरिएको हो ।

बालक्लवले मासिक रुपमा प्रतिभा प्रस्फुटनका विभिन्न क्रियाकलाप सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

२१ सदस्यीय बाल क्लवको अध्यक्षमा खेमराज शर्मा, उपाध्यक्षमा सपना शर्मा, सचिवमा शान्तिदेवी शर्मा, सह–सचिवमा शषिधर विक र कोषाध्यक्षमा प्रशिषा थापा रहेका छन् ।

परिसूचन साप्ताहिकका कमल रानाको विशेष उपस्थितिमा भएकोे भेलाले विद्यालयका प्रधानाध्यापक धर्मागत शर्मा, पुतली पुन, नविन प्रताप जिसी र महेन्द्र शर्मालाई सल्लाहकारमा चयन गरेको परिसूचन साप्ताहिकका सम्पादक ताराप्रसाद शर्माले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *