Menu

विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय आसपासका व्यवसायीवीच अन्तरक्रिया !

दामोदर पौडेल, बागलुङ २०७४ बैशाख १० । विद्यार्थीको शौक्षिक गुणस्तर र आचरण सुधार गर्ने अभिप्रायले काठेखोला ५ विहुँकोट पोखरामा अवस्थित अमर माध्यमिक विद्यालयमा विद्यालय क्षेत्र वरपरका होटल, किराना पसल, मेडिकल पसल व्यवसायी र शिक्षक विच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा असर पर्ने खालका धुम्रपान तथा मध्यपान वेचविखन नगर्ने , विद्यालय समयमा विद्यार्थीलाई लागुपदार्थ वेचविखन गर्न र सेवन गरि वस्न नदिने जस्ता व्यवसायीहरुबाट प्रतिवद्ता व्यक्त गरिएको थियो ।

वर्तमान अवस्थामा विद्यालय उमेर समुहका किशोरहरू धुम्रपान मध्यपान जस्ता कुलतमा फस्ने गरेको र त्यसले आचरणमा प्रतिकुल प्रभाव परेकोले यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक भीष्म कँडेलले बताए।

सो कार्यक्रममा विद्यालय क्षेत्र वरपरका व्यवसायी र शिक्षक गरि ३० जनाको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *