पर्वत वेल्फेयरको नयाँ वर्ष शुभकामना साँझ : गायक क्षेत्रीले बनाए दर्शकलाई भावुक !

शिब भण्डारी, लण्डन २०७४ बैशाख १० । पर्वत वेल्फेयर सोसाइटी यूकेले अल्डरसटस्थित एम्पायर हाउसमा नयाँ वर्षका अवसरमा आयोजना गरेको शुभकामना साँझमा खाली गोडा पैताला फुटेको कमजोर आँखा हृदय फुटेको खोकिलामा गाग्री तामाको नटुट्ने भो कहिल्यै नि आँखामा आँसु झर्न मेरी आमाको “बेलायतको सांगीतिक भ्रमणमा रहेका गायक याम क्षेत्रीको गीतले उपस्थित दर्शकलाई भावुक बनायो ।

शुभकामना साँझमा गायक क्षेत्रीले एकपछि अर्को मार्मिक गीतहरु गीत गाउँदा पूरै हल सांगीतमय भएको थियो । शीतल दिने पीपल समी छ अरु मलाई पुगेकै छ सानु तिमी छैन, तिम्रै कमी छ गायक क्षेत्रीको यो गीतले वातावरण झनै भावुक बनायो ।

सो अवसरमा दोहोरी कलाकारहरु कल्पना गुरूङ, मधु सुदन थापाले पनि मार्मिक गीतहरु गाए वातावरणलाई संगीतमय बनाउन सघाए ।

सोसाइटीका अध्यक्ष दधि आचार्य र संस्थापक अध्यक्ष हितकाजी गुरुङले पानसमा दीप प्रज्वलन गरी संयुक्तरुपमा कार्यक्रमको शुभारम्भ गरेका थिए ।

सोसाइटीले कार्यक्रम हल निस्शुल्क उपलब्ध गराउने एम्पायर हलका पुरन गिरी, यम भण्डारीलगायतको टिमलाई धन्यवाद ज्ञापन गरेको अध्यक्ष दधि आचार्यले जानकारी दिए ।

अध्यक्ष आचार्यको सभापतित्वमा भएको कार्यक्रमा सोसाइटीका उपाध्यक्ष एक पुनले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन महासचिव भरत पौडेलले गरेका थिए ।

सल्लाहकार मनप्रसाद गुरुङको संयोजनमा भएको कार्यक्रममा एनआरएन यूरोप संयोजक कुल आचार्य, तमु धीं यूकेका अध्यक्ष ज्ञान गुरुङ, नेपाली दूतावासका तेजेन्द्र रेग्मी, तमु धीं यूकेका संस्थापक अध्यक्ष हितकाजी गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मगर संघ यूकेका पूर्वअध्यक्ष थर्क राना, समाजसेवी रवि लामिछाने , कृष्ण भट्ट चिरन्जिवी ढकाल, तमू समाज यूकेका निवर्तमान अध्यक्ष शिवशरण गूरूङ, बीबीसी यूकेका अध्यक्ष नारायणप्रसाद गुरुङ, बागलुङ समाज यूकेका अध्यक्ष दीपक काउचा, मोना यूकेका उपाध्यक्ष खेम शेरचन, पूर्वअध्यक्षहरु पुरन गिरी, रस गुरुङ, नरजंग गुरुङले पनि शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा वृत्तचित्र प्रदर्शनी, कन्सर्ट, राफल ड्र, खानासहित मनोरञ्जनात्मक कार्यक्रम भएको थियो ।

यसैबीच अध्यक्ष आचार्यले पर्वत समाज यूकेका निवर्तमान सचिव तथा वर्तमान सल्लाहकार हरि गुरुङका पिता सुवेदार भीमबहादुर गुरुङको ७९ वर्षको उमेरमा भएको निधनप्रति दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *