बरेङ बजार देखी बुटवलका लागि सिधा रात्रि बस सन्चालनमा

बागलुङ २०७४ बैशाख १० । बरेङ गाउपालिकाको बरेङ बजारबाट बुटवलका लागि सिधा रात्रीकालीन डिलक्स बस सेवा शुरु भएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी संघद्धारा संचालन तथा व्यवस्थापनमा बरेङ गाउँपालिका वडा नम्वर १ बरेङ बजारमा टिकट काउन्टर रहने गरि आईतबार देखी रात्रिकालीन बस सेवा सुचारु गरिएको हो ।

बस साँझ ६ बजे बरेङ बाट छुटेर नयाँबजार, गुल्मी शान्तीपुर, पाल्पा हुुँदै विहान ६ बजे बुटवल पुग्ने छ । बसको भाडा दर ६ सय २० रुपयाँ कायम गरिएको छ ।

आज पहिलो दिन ना ४ ख ८८५४ नम्वरको डिलक्स बस साँझ सवा ५ बजे बुटवलका लागि बस छुटेको टिकट काउन्टरका कर्मचारी कृष्णबहादुर थापाले बताए ।

रात्रिकालीन बस सेवा सुचारु भए संगै बरेङ आसपासका साविकका हुग्दिशिर, धुल्लुबास्कोट, बाटाकाचौर, राङ्खानी, गुल्मीको भुर्तुङ, छापचौर लगाएतका क्षेत्रका बासिन्दालाई बुटवल जान आउन सहज हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *