माओवादी केन्द्रबाट जैमिनी नपामा शोभा शर्मा र देवी शर्मा मेयर र उपमेयर उठ्ने

बागलुङ २०७४ बैशाख १० । नेकपा माओवादी केन्द्रले जैमिनी नगरपालिकाको मेयर शोभाप्रसाद शर्मा र उपमेयरमा देवी शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रका केन्द्रीय कार्यालय सदस्य दीनानाथ शर्माको उपस्थितीमा उम्मदेवारी टुङ्गाइएको केन्द्रका जिल्ला संयोजक चन्द्रबहादुर बुढाले जानकारी दिए ।

नगरको वार्ड नं. १ को अध्यक्षमा पदमबहादुर श्रीस, २ मा नारायण सापकोटा, ३ मा कृष्णबहादुर भुजेल, ४ मा डम्बरबहादुर सार्की, ५ मा नारायण शर्मा रेग्मीलाई उम्मदेवार बनाउने निर्णय केन्द्रले गरेको छ । यस्तै, वार्ड नं. ६ मा कृष्णबहादुर थापा, ७ मा रुद्रप्रसाद शर्मा, ८ मा हिरा बिक, ९ मा बसन्त थापा र १० मा बमबहादुर श्रीसलाई अध्यक्ष पदको उम्मदेवार बनाउने निर्णय गरेको छ ।

केन्द्रले जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाबाट पनि उम्मदेवारको सिफारिस आएपनि अन्तिम निर्णय गर्न बाँकी रहेको जनाएको छ । ‘जिल्लाका सबै स्थानीय तहबाट उम्मदेवारको सिफारिस जिल्लामा आइसकेको छ’ संयोजक बुढाले भने ‘हामी छलफलमै छौं, एक दुई दिनमै सबै तिरको उम्मदेवारीबारे अन्तिम निर्णयमा पुग्छौं ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *