एमाले बागलुङले तपसील बमोजिमका उम्मेदवारको नाम प्रदेश कमिटीमा पठायो !

बागलुङ नगरपालिकाको मेयरमा पौडेल, शर्मा र राजभण्डारीको नाम सिफारिस

बागलुङ २०७४ बैशाख १० । नेकपा एमाले जिल्ला कमिटी बागलुङको आईतवार सम्पन्न सचिवालय बैठकले स्थानीय तह निर्वाचनका लागि बागलुङका ४ नगरपालिका र ६ गाउँपालिकाको मेयर/उपमेयर, प्रमुख र उपप्रमुखमा तपसील बमोजिमका उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरी पठाएको छ ।

बैठकले बागलुङ नगरपालिकाको मेयरमा जनक पौडेल, ममतादेवी शर्मा र सुवास राजभण्डारी र उपमेयरमा गीता शर्मा एक जनाको मात्र नाम सिफारिस गरिएको एमाले जिल्ला सचिव लालबहादुर थापाले जानकारी दिए ।

जैमिनी नगरपालिकाको मेयरमा निवर्तमान जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मालाई सिफारिस गरिएको छ भने उपमेयरका लागि सावित्रा राना र इन्द्र शर्माको नाम सिफारिस गरिएको छ ।

बैठकले गल्कोट नगरपालिकाको मेयरमा यामबहादुर श्रीस र उपमेयरमा रत्ना भण्डारीलाई सिफारिस गरेको छ । बुर्तिवाङ नगरपालिकाको मेयरमा लक्ष्मण पुन, डिलबहादुर विक मनकुमारी गैरे, उपमेयरमा सीता कँडेल, करमती पुन र चिन्तामणी कँडेलको नाम सिफारिस गरेको छ ।

यस्तै, काँठेखोला गाउँपालिकाको अध्यक्षमा अमर थापा, डिलबहादुर कार्की र परमानन्द कँडेल तथा उपप्रमुखमा कोपिला पुन, गंगाकुमारी शर्मा र हुमाकुमारी जिसी ‘अन्जु’ को नाम सिफारिस गरिएको सचिव थापाले बताए ।

ताराखोला गाउँपालिका प्रमुखमा सञ्जय श्रेष्ठ र उपप्रमुखमा हिरादेवी घर्ती तथा बरेङ्ग गाउँपालिकाको अध्यक्षमा धनिश्वर पौडेल र उपाध्यक्षमा दुर्गा थापाको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

यसैगरी, निसीखोला गाउँपालिका प्रमुखमा लालवीर लोप्चन, रुद्र पौडेल र उपप्रमुखमा दुर्गा पौडेल, छमी घर्तीको नाम सिफारिस भएको छ भने तमानखोला गाउँपालिका प्रमुखमा उदीम छन्त्याललाई सिफारिस गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *