समयमै चौमासिक सामाजिक सुरक्षा भत्ता नपाउदा सेवाग्राही मर्कामा

छबिलाल पाण्डे बुर्तिबाङ २०७४ बैसाख १० । प्रत्यक चौमासिकमा वितरण गरिनु पर्ने सामाजिक सुरक्षा भत्ता ६ महिना बितिसक्दा समेत पाउन नसकेपछि बागलुङ जिल्लामा सम्बन्धित नागरीक समस्यामा परेका छन् ।

गत २०७३ मंसिर महिना देखि फागुन सम्मको चौमासिक सुरक्षा भत्ता २०७४ बैसाख आधा महिना बित्नै लाग्दा समेत सरोकारवालाहरुले भत्ता पाउन सकेका छैनन् ।

यस बिषयमा स्थानीय बिकास अधिकारी राम प्रसाद आर्चाय सँग सम्पर्क राख्दा उनले स्थानीय तहको पुनर्संरचना र हाल गाविस मार्फत नभई बैँकिङ प्रणाली मार्फत बिभिन्न वडाका नागरीकको खाता सञ्चालन अभ्यास गरिएका कारण ढिला भएको बताए । उनले अब छिट्टै सामाजिक सुरक्षा भत्ता बितरण हुने बताए ।

स्थाविअ आचार्यले हाल जिल्ल्लामा साविकको २० गाविसमा बैँकिङ प्रणालीमार्फत सुरक्षा भत्ता बितरणको तयारी छ । जसमध्ये पहिलो चरणमा बिभिन्न गाविसबाटसमयमै खाता खोलिएपनी दोश्रो चरणमा केहि गाविसका सेवा ग्राहीले समयमै खाता खोल्न नसकेका कारण ढिला भएको र अब चुनाब अगाबै बैकमा खाताभएका सेवाग्राहीका लागि बैँक खाता मार्फत र खाता खोल्न नसकेका नागरीकका लागि वडा सचिबहरु मार्फत फागुन महिना सम्मको चौमासिक सुरक्षा भत्ता बितरण हुने बताए ।

जेष्ठ नागरीक ,एकल महिला, जेष्ठ दलीत, दलीत बालबालीका र अपाँगता भएका ब्यतिmहरुले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । यस आर्थिक बर्षमा पुन: तेश्रो चौमासिक सुरक्षा भत्ता असार मसान्तमा बितरण हुने गर्दछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *