बुर्तिवाङ सिमलचौरमा विद्युत र इन्धन विना चल्ने बर्षा पम्प सञ्चालनमा

छबिलाल पाण्डे बुर्तिबाङ २०७४ बैशाख १० । बडीगाड कृषि ब्यबसायिक सहकारी सँस्था ढोरपाटन नगरपालीका वडा नँ २ सिमलचौरमा बर्षा पम्प निर्माण सँगै सञ्चालनमा ल्याईएको छ ।

जिल्ला कृषि बिकास कार्यालय बागलुङको राष्ट्रिय पुनर्निर्माण कार्यक्रम अन्र्तगतको ९० प्रतिशत अनुदान तथा १० प्रतिशत बडीगाड कृषि ब्यबसायिक सहकारी सँस्थाको लगानी गरी कुल ५ लाख लागतमा १५ घरदुरी कृषकलाई लाभान्बित हुने गरी बिना ईन्धन र बिधुत बिनानै चल्ने गरी बर्षापम्प शनिबार एक कार्यक्रमका बिच सञ्चालनमा ल्याईएको हो ।

पानीको बहाब द्धारा नदी किनार देखि १६ मिटर माथिको उचाई सम्म पानी सिधा रुपले पुर्याई आयोजना सञ्चालनमा ल्याईएको बर्षापम्प आयोजनाका ओभर सियर सर्वज्ञ प्रधानले बताए । आयोजनाबाट प्रति घण्टा ९ सय लीटर पानी तान्न सफल भएको उनले बताए ।

उतm आयोजना सञ्चालनमा ल्याईएसँगै अब बाह्रै महिना स्थानीयले लगानी बिना सिँचाई गर्न पाउने भएका बडीगाड कृषर््ि ब्यबसायिक सहकारी सँस्थाका अध्यक्ष दिल बहादुर कुमालले बताए ।
गत २०७३ जेष्ठ महिनामा करीब ६५ लाखमा बिधुतबाट सञ्चालमा आउने पम्पिङ आयोजना सञ्चालनमा ल्याईएपनी गत बर्षातमा आएको बाढीका कारण बिधुत आयोजना बगाईदिएको र बिधुतको आपुर्ति नहुँदा उतm आयोजना हाल सम्म अबरुद्ध रहँदै आएको उनले बताए ।
हाल निसी खोला दोभान लघुजलबिधुत आयोजना पुनर्निर्माणको कार्य भईरहेका कारण बिधुत सञ्चालन सँगै उतm पम्पिङ आयोजना समेत सञ्चालनमा आउने भएको उनले जानकारी दिए ।
उतm स्थानमा ६५ घरदुरी कृषकहरुले सिँचाई सुबिधा सँगै कृषि ब्यबसायलाई मुख्य पेशा बनाएर अगाडि बढेका छन् । स्मरणिय छ बर्षा पम्प पानीको बहाब १ मिटर प्रति सेकेन्ड गती र प्रति सेकेन्ड पानीको मात्रा ३ सय लीटर भएको स्थानमा उतm बर्षा पम्प जडान गर्न सकिने प्राबिधिक राजकुमार श्रेष्ठले बताए ।
हाल बाग्लुङ जिल्लामा हटिया, हरीचौर र बडीगाड सहकारीमा गरी तिन वटा आयोजना सञ्चालनमा आईसकेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *