नयाँ शक्ति पार्टीले निसीखोला गाउपालिकाको प्रमुख, उपप्रमुखका उम्मेदवार तोक्यो !

कुम्बिर बिश्वकर्मा, २०७४ बैशाख १० । नयाँ शक्ति नेपाल पार्टीको निसीखोला गाउपालिकामा भेला सम्पन्न भएको छ। भेलामा पार्टीका सयोजक कुशल बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला सदस्य दिलराम रेग्मीको स्वागत मन्तव्य र जिल्ला सदस्य जस बहादुर बिश्वकर्माको सन्चालन रहेको थियो।
भेलाले आसन्न स्थानीय चुनावलाइ मध्यनजर गर्दै निसीखोला गाउपालिका तथा वार्ड स्तरीय उम्मेदवारीको चयन समेत गरेको छ।

निसी खोला गाउपालिकाको प्रमुखमा नैनसिंह बुढा मगर उपप्रमुखमा निमकुमारी बिश्वकर्मालाई चयन गरेको छ । वार्ड न ४ बाट चन्द्र कान्त भुषाल र वार्ड न ५ बाट जस बहादुर बिस्वकर्मा त्यस्तै वार्ड न ६ बाट मतिलाल बिश्वकर्मालाइ चयन गरिएको छ।

उक्त भेलामा विभिन्न जन बर्गिय सङ्ठनहरु पनि गठन गरेको छ। जसमा नया शक्ति महिला मह संघ निसिखोला गाउँ पालिकाको सयोजकमा निमकुमारी बिस्वकर्मा,दलित शक्ति नेपाल निसि खोला गाउँ पालिका को सयोजकमा जस बहादुर बिश्वकर्मा, नया शक्ति विद्यार्थी युनियन निसि खोला गाउ पालिका सयोजकमा राजकुमार भुषाल ,नया शक्ति खेलकुद महा संघ मा अनुप बुढा मगर रास्ट्रिय युवा अभियान निसिखोला गाउँ पालिका सयोजकमा चक्र बहादुर बुढा मगरलाई सयोजक बनाइएको छ। साथै स्थानीय चुनाब प्रसार प्रचार सयोजक दिलाराम रेग्मी र बार्तालाप सयोजक कुशल बुढा मगरलाइ चयन गरिएको छ। भेला निसीखोला गाउपालिकाको वार्ड न ५ को पुतलीबजारमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *