ताराखोला नेपाल माविमा शारीरिक अपांगहरुलाई परिचय पत्र वितरण

खगेन्द्र विश्कर्मा गल्कोट २०७४ बैशाख १० । ताराखोला गाउँपालिका अन्तरगत नेपाल माध्यमिक विद्यालयमा अपांग सरोकारवालाको संयोजनमा अपांगहरुलाई परिचय पत्र वितरण गरिएको कार्यक्रम संयोजक रामप्रसाद घिमिरे बताए।

अपांङगता परिचय पत्र दिने शिविर अपांग सरोकारवाला संघको आयोजना महिला तथा बालविकास कार्यालको सहयोग धौलागिरि अन्चल अस्पताल र आँखा अस्पताल उपल्ला चौरको प्रविधिक सहयोग रहेको थियो ।

परिचय पत्र पाउनेहरुमा ७० जना थिए । जस अन्तरगत रातो परिचय पत्र पाउनेहरु क वर्गका २ जना निलो परिचय पत्र पाउने वर्ग १८ जना पहिलो पाउने वर्ग २६ जना र सेतो पाउने वर्गका २४ जनाले अपांगता परिचय पत्र प्राप्त गरेको महिला विकाश अधिकृत सीता अधिकारिले बताईन ।

परिचय पत्र लिनकालागि ताराखोला गाउँ पालिका १ अमरभुमि ,२ अर्गल, ३ हिल, ४ र ५ताराका अशक्त, लठ्ङ्ग्रो, लुलो, मानस्कि सन्तुलन कम भएको , विभिन्न दुर्घटनामा परि अपांग भएकाहरु बैदेशिक रोजगारीका क्रममा दुर्घटना भएकाहरु रहेका छन् ।

परिचय पत्र वितरणमा स्वास्थ्य परिक्षण धौलागिरि अन्चल अस्पतालकी मेडिकल अधिकृत डाक्टर यातना शर्मा , आँखा अस्पतालका उपल्लाचौरका नेत्रसहायक दिवाकर शर्मा स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा महिला निरिक्षक सरस्वती रेग्मी ,सिता खनाल, ताराखोला गाउँपालिका वडानं १ अमरभुमि,४ ,५ तारा का सचिव तेजराज गौतम, २,३ अर्गल हिलका सचिव डोलराज पौड्लेको रोहबरमा परिचय पत्र वितरण गरिएको थियो ।

शिविरको स्थानीय संयोजन तथा व्यवस्थापन लगायतका विभिन्न काम गाउँ अपांग सञ्जाल तारा, अर्गल, हिल,अमरभुमिले गरेको अपांग संञ्जाल ताराका अध्यक्ष मनबहादुर घर्ती प्रज्वलले बताए । शिविरको औपचारिक कार्यक्रम अपांग सरोकारवाला संघका सचिव दिपक जंग राजभण्डारी अध्यक्षता अपांग सञ्जाल अर्गलका अध्यक्ष गोविन्द परियारको स्वागत र प्रेस सेन्टर तारागाँउ पालिकाका अध्यक्ष पुर्णभद्र निउरेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *