यस्तो छ, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको त्रिवर्षिय कार्य योजना

नारायण रिजाल, बागलुङ २०७४ बैशाख १० । बागलुङ जिल्लाको स्वास्थ्य क्षेत्रलाई सुदृढिकरण गर्ने उद्देश्यले जिल्ला जनस्वास्थ्य कार्यालयले आगामी ३ वर्षको कार्ययोजना निर्माण गरेको छ ।

जिल्लामा स्वास्थ्य क्षेत्रमा क्रियाशिल संघसंस्थाको सहयोग र जिल्ला जनस्वास्थ्य कार्यालय गोष्ठि मार्फत कार्ययोजना निर्माण गरेको हो । स्थानिय पुनर्संरचना अनुसार हरेक वडा गाउँपलिका र नगरपालिकामा आम सर्वसाधारणलाई स्वास्थ्य क्षेत्रको सर्वसुलभ पहुँच पु¥याउनका लागि कार्ययोजना निर्माण गरिएको बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बताए ।

हरेक स्वास्थ्य संस्थामा भौतिक पुर्वाधार, दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवाका माध्ययमबाट समग्र बागलुङको स्वास्थ्य सेवा स्तरलाई सुदृढिकरण गरी आगाडि बडने लक्ष्य राखिएको छ । यस प्रयोजनका लागि जिल्लामा संचालित स्वास्थ्य बिमा, मोबाईल स्वास्थ्य कार्यक्रम, सुआहारा कार्यक्रम, गुणस्तरीय उपचार पद्धति कार्यक्रमलाई थप प्रवाहकारी ढंगबाट संचालन गरिने बताईएको छ ।

गोष्ठिमा जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाईजर दिपक सुवेदी, मेडिक मोबाईलका बरिष्ठ परियोजना अधिकृत मनोज खड्का, स्वास्थ्य विमा कार्यक्रम बागलुङ जिल्ला प्रवन्धक जिवलाल खरेल, सुआहाराका जिल्ला संयोजक जगदिश कुमार लोहार, स्वान एओजि कार्यक्रमका कार्यक्रम संयोजक शेर बहादुर थापा लगायतले कार्ययोजनाले जिल्लाको समग्र स्वास्थ्य क्षेत्रमा केही परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक तिवारीको अध्यक्षता भकुण्डे स्वास्थ्य चौकीका सिनियर अ.हे.ब. उमेश शर्बुजाको धन्यबाद मन्तव्य र तथ्याङक सहायक घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

((

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *