Menu

जैमिनी नगरपालिका राङखानी किटेनीमा परिसूचन बालक्लव गठन !

विजय राना, बागलुङ, २०७४ बैशाख ९ । जैमिनी नगरपालिका वडा न. १० राङखानी किटेनीमा बालबालिकाहरुको शनिवार भएको भेलाले मनिषा श्रीषको अध्यक्षतामा २५ सदस्यीय परिसूचन बालक्लव गठन गरिएको छ ।

जिल्लाबाट प्रकाशित हुँदै आएको परिसूचन साप्ताहिक पत्रिकाले बालबालिकामा भएको प्रतिभा प्रस्फुटन गराउने र उपलब्धिमुलक बाल सिकाइ गराई समाजप्रति उत्तरदायी नागरिक निर्माण गर्ने अभियान स्वरुप बालक्लव गठन गरिएको हो ।

क्लवको उपाध्यक्षमा कुमार थापा, सचिवमा सृजना श्रीष, सह–सचिवमा किरण श्रीष र कोषाध्यक्षमा धनमाया पुन रहनु भएको छ ।
त्यस्तै सल्लाहकारमा दलबहादुर पुन, शर्मिला श्रीष र कृष्णा थापा रहेका छन् ।

जिल्लाका विभिन्न ग्रामिण तह सम्म बालक्लव गठन देखि ग्राहक अभियान सञ्चालन गरिरहेको परिसूचन साप्ताहिकले राङखानीकै नेमारेमा पनि २४ सदस्यी परिसूचन बालक्लव गठन गरेको छ ।

सन्तोष घर्तिको अध्यक्षतामा गठन भएको परिसूचन बालक्लवको उपाध्यक्षमा ढाकामाया थापा, सचिवमा निशा घर्ति, सह–सचिवमा योगेन्द्र घर्ति र कोषाध्यक्षमा ललिता घर्ति रहेका छन् ।

परिसूचन साप्ताहिकका सम्वाददाता कमल रानाको विशेष उपस्थितमा गठित बालक्लवको सल्लाहकारमा दलबहादुर थापा, दिपा घर्ति, गोपाल घर्ति र शरिता घर्ति रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *