कागबेनीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ जनाको अवस्था गम्भीर !

सन्तोष गौतम, मुस्ताङ २०७४ वैशाख ९ । मुस्ताङको कागबेनीमा शनिबार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

मुक्तिनाथ दर्शन गरेर जोमसोम तर्फ फर्कदै गरेका तिर्थयात्री चढेको ना ५ ख ६०६७ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौका ५५ वर्षिय भोला अधिकारी, ४५ वर्षिय पुरुषोत्तम ढकाल, ललितपुरकी ४५ वर्षिया लिला खड्का, ७० वर्षिया कान्ति खड्का र भक्तपुरकी सिता तिमील्सीनाको मृत्यु भएको प्रहरी नायव उपरिक्षक हरिहर योगीले बताए ।

गम्भिर अवस्थामा रहेका १२ जना घाइतेलाई जोमसोम अस्पतालमा प्राथमिक उपचार गरि नेपाली सेनाको हेलीकप्टर मार्फत काठमाडौ पठाइएको छ । बसको ब्रेकमा समस्या देखिएपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *