तत्कालीन अखण्ड नेपाल पार्टीका कावा अध्यक्ष महत सहित माले कार्यकर्ता एमालेमा प्रवेश !

बागलुङ २०७४ बैशाख ९ । अखण्ड नेपाल पार्टी बागलुङका तत्कालीन कावा अध्यक्ष रुद्रबहादुर महत नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शनिवार एमाले प्रवेश गर्नेहरुमा मालेमहिला संघका केन्द्रीय सदस्य हुमा खड्का, शिक्षक संगठनका केन्द्रीय सदस्य लक्ष्य रायमाझी सहित याम बहादुर थापा, राम बहादुर केसी, कमल खड्का, जिल्ला सचिवालय सदस्य विर बहादुर खत्री, सोम अर्याल, ज्ञान बहादुर थापा, जंग बहादुर थापा, जय प्रसाद शर्मा, हिमाल थापा, राम बहादुर केसी विदेश सम्पर्क समाजका सदस्य सुर्य केसी, सम्झना केसी, अनुल केसी र आशिष खड्का रहेका छन् ।

नवप्रवेशीहरुलाई एमाले नेतृ मना केसीले पत्रकार सम्मेलनको आयोजना गरी सम्मान र स्वागत गरेकी थिईन् ।

स्मरणीयछ, गत २०७३ साल माघ २१ गते बागलुङ, म्याग्दी र पर्वत जिल्लाका अखण्ड नेपाल पार्टीका जिल्ला समतिहरुका अध्यक्ष, उपाध्यक्ष लगायत संपूर्ण पदाधिकारी एवं कार्यकर्ताहरुले सामुहिकरुपमा पार्टी परित्याग गदैँ तीनै जिल्लाका पार्टी कार्यालयहरु बन्द गरी स्वतन्त्र बस्ने निर्णय गरेको कावा अध्यक्ष केसीले जानकारी दिएका थिए।

त्यस बखत आफनो एजेण्डा र विचार मिल्ने राजनीतिक पार्टीसंग कार्यगत एकता गर्न नरबहादुर कार्कीको संयोजकत्वमा सात सदस्यीय बार्ता कमिटी गठन गरेको थियो भने त्यसको एक सदस्यमा स्वयं महत पनि थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *