निर्वाचन कार्यालय बागलुङमा ७० प्रतिशत निर्वाचन सामाग्री आइपुग्यो !

विजय राना, बागलुङ २०७४ बैशाख ९ । जिल्ला निर्वाचन कार्यालय बागलुङमा निर्वाचनको लागि आवश्यक ७० प्रतिशत भन्दा बढि सामाग्री आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि आवश्यक मतदाता नामावली, स्टेशनरी, मतदानमा प्रयोग हुने मसि लगायतका गरि निर्वाचनलाई आवश्यक पर्ने विभिन्न सामाग्री जिल्लामा आइपुगेको निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी श्यामकुमार थापाले जानकारी दिए ।

निर्वाचन आयोगबाट आएको सामाग्रीलाई सुरक्षित साथ मतदान स्थल तर्फ पठाउनको लागि तयारी गरिएको समेत थापाको भनाई छ ।

तस्वीर सौजन्य- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *