नरेठाँटीमा नेविसंघको निर्वाचन परिचालन प्रशिक्षण कार्यक्रम सम्पन्न !

गल्कोट २०७४ बैशाख ८ । नेपाल बिद्यार्थीं संघको स्थापना दिवसको अवसरमा गलकोट नगरपालिका वडा नम्बर २ नरेठाटीमा निर्बाचन परिचालन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा आगामी स्थानिय तहको निर्बाचनमा नेपाल बिद्यार्थि संघमा आबद्ध बिधार्थिलाई प्रशिक्षण दिएको थियो । गाउँ जाऔं, नगर जाऔं, जनता जगाऔं, कांग्रेस जिताऔं भन्ने नाराका साथ कार्यक्रम को आयोजना गरिएको नेबि संघले जनाएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी यम श्रीसले लोकतन्त्रको सस्थागत बिकास र संबिधान कार्यान्बयनको लागी स्थानिय निर्बाचन अबाश्यक रहेको बताए । श्रीसले नेपाली काग्रेसले देश बिकासका लागी खेलेको भुमिकाका आधारमा जनताहरुले स्थानिय तहको निर्वाचनमा मतदान गर्ने बिश्वास ब्यक्त गरे ।

नेपाल बिद्यार्थी संद्य जिल्ला अध्यक्ष खड्क थापाले नेपाल बिद्यार्थी संद्यको स्थापना, बिद्यार्थी संगठनले खेलेको भुमिका, नेबिसंघको औचित्य लगायतका बिषयमा सहजिकरण गरेका थिए थियो ।

कार्यक्रममा नेपाली काग्रेसका पुर्व जिल्ला सदस्य हिरा काउचा, नेपाली काग्रेस गलकोट नगरपालिकाका सदस्य हिम बहादुर भण्डारी हेमन्त लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा सहभागीहरुले आफ आफनो जिज्ञासा ब्यक्त गरेका थिए । कार्यक्रम धौलागीरि बहुमुखी क्याम्पसका स्बबियु सभापती मनिस थापाको अध्यक्षता र गलकोट बहुमुखी क्याम्पस हटियाका सभापती गुमानसिहं भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *