मेडिकल सञ्चालक उपभोक्ता मँचको फन्दामा !

बालकृष्ण सुबेदी ,गलकोट २०७४ बैशाख ८ गते ।  राष्ट्रिय उपभोक्ता मँच बागलुङले काठेगोला गाउँपालिका र गलकोट नगरपालिकामा बजार अनुगमन गरेको छ ।
बजार अनुगमनको क्रममा गलकोट नगरपालिका वडा नम्बर ८ काँडेबास बजार कुनै ईजाजत बिनानै मेडिकल सञ्चालन गरेको पाईएको छ ।
गोबिन्द सापकोटाले कुनै ईजाजत र योग्यताको प्रमाणपत्र बिनानै सापकोटा मेडिकल हल सञ्चालन गरेको भेटिएको मञ्चले जनाएको छ ।
१२ वर्ष देखि अवैधानिक मेडिकल सञ्चालन गरेको भेटिएपछि सापकोटालाई ७ दिन भित्र जिल्ला प्रसासन कार्यालयमा हाजिर हुन निर्देशन दिईएको मँचका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी गलकोट नगरपालिका वडा नँ ६ जँगरामा सञ्चालित बिबेक फार्मेसीका सञ्चालक संग पनि कुनै कागजात नभएको पाईएकोले जिल्ला प्रसासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको श्रेष्ठले जानकारी दिए ।
बजार अनुगमनका क्रममा सवै भन्दा बढि मिट मसला म्याद गुज्रेको भेटिएकोले बरामद गरिएको जिल्ला प्रसासन कार्यालयका नासु विष्णु प्रसाद शर्माले बताए ।
काँडेवास र हरिचौर बजारका केहि किराना पसलबाट मसला बरामद गरिएको हो ।
त्यसैगरी लेवल न राखिएको भुजा र चामल समेत बरामद गरिएको शर्माले जानकारी दिए । अनुगमनको क्रममा बिहु भ्यु टावरमा संञ्चालित रेष्टुरेण्ड बिना दर्ता सञ्चालन भएको पाईएको छ ।
अनुगमनका क्रममा उपभोक्ता अधिकार ,ऐन नियमको बारेमा समेत ब्यापारी र उपभोक्तालाई जानकारी गराईएको मँचका सदस्य जयलाल सापकोटाले बताए ।
उपभोक्ता हित बिपरितका मेडिकल सञ्चालक र अखाद्य बस्तु बिक्री गर्ने बिक्रेतालाई जिल्ला प्रशासनमा बोलाएर आवश्यक छानबिन गरि हद सम्मको कारबाही गर्ने मञ्चले जनाएको छ । अनुगमनमा प्रहरी र पत्रकारको समेत सहभागी थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *