नगर / गाउपालिकाका निर्वाचन अधिकृत कर्यक्षेत्रमा आउने क्रम सुरु !

कृष्ण कँडेल, बुर्तिबाङ २०७४ बैशाख ८ । स्थानिय तहको निर्वाचनका लागि निर्वाचन अधिकृत आफ्नो कार्यक्षेत्रमा आउन थालेका छन् ।

पश्चिम बागलुङको ढोरपाटन नगरपालिकाका निर्वाचन अधिकृत केदार पौडेल बिहिबार बुर्तिबाङ आई पुगेका छन् ।

निर्वाचनका लागि बैसाख १२ गते गाउँपालिका, नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय शुभारम्भ गर्न आयोगले निर्देशन दिईसकेको छ ।
बैसाख १६ गतेदेखि उम्मेद्वारी दर्ताको कार्यतालिका रहेको छ । यसको आन्तरिक तयारीका लागि आफु कार्यक्षेत्र आईपुगेको ढोरपाटन नगरपालिकाका निर्वाचन अधिकृत केदार पौडेलले जानकरी दिए ।

निर्वाचन अधिकृतहरुले कार्यालय भवनको व्यवस्थापन, कर्मचारी व्यवस्थापन लगायतका आन्तरिक कामको तयारी थालेको बागलुङका मुख्य निर्वाचन अधिकृत एवं बागलुुङ जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेले बताए ।

निर्वाचन आयोगले उपसचिव स्तरका कर्मचारीलाई स्थानिय तहमा निर्वाचन अधिकृतको रुपमा जिम्मेवारी तोकेको छ । स्थानिय तहका कार्यकारी अधिकृत तथा निमित्त कार्यकारी अधिकृतलाई सहायक निर्वाचन अधिकृत तोकेको छ ।

जिल्ला स्तरमा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी भने जिल्ला न्यायाधिीशले पाएका छन् । स्थानिय निर्वाचन आउन अब २४ दिन मात्र बाँकी छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा सहजकर्ता मार्फत स्थानिय तहका गाउँटोलमा मतदाता शिक्षा कार्यक्रम समेत सुरु गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *