प्रीति आलेमगर र राजेश वर्देवाको ‘झिमझिम परेली’ गीतको म्युजिक भिडियो रिलिज !

बागलुङ २०७४ बैशाख ८ । पोखराको बेगनासमा पार्बती र कृष्णको रोमान्स गायिका प्रीति आलेमगर र गायक राजेश वर्देवाको आवाजमा रहेको ‘झिमझिम परेली’ गीतको म्युजिक भिडियो रिलिज भएको छ । झिम झिम परेलीबाट प्रेममा तानिएका प्रेम जोडीहरु संग सम्बन्धित गीतको भिडियोमा पार्वती राईले कृष्ण सुनार सँग पोखराको फेवाताल बेगनाश ताल लगायतका ठाउहरुमा रोमान्स गरेकी छन् ।

भिडियोमा पोखरा कै व्यवसायिक कोरस नृत्य संगै पार्बती राइको सशक्त नृत्यलाई बढी फोकस गरिएको छ । माया राईको शब्द संकलन रहेको गीतमा संगीत मनोज रसाइलीको रहेको छ । गीतमा अभिनय गरेका मोडल कृष्ण सुनार कास्की वेगनासका वासिन्दा हुन् । उनी विगत १७ वर्षदेखि अमेरिका बस्दै आएका छन् । यसअघि उनले नेपाली चलचित्र पाकेटमार, रणभुमी, माइलीमा अभिनय गरेका थिए । आधी मुटु मेरी आमा, भमरा झै डुली हिड्ने, पोखरेली कान्छी, तोड्यौ तोड्यौ लगायतका भिडियोमा समेत उनले अभिनय गरिसकेका छन् । भिडियोको छायाकंन पोखराको फेवाताल, वेगनासताल, पामे लगायतका ठाउँमा भएको थियो । झण्डै ६ सय गीतमा अभिनय गरिसकेकी यस गीतकी मोडल पार्वती राई म्युजिक भिडियो मार्फत दर्शकको मन जित्नेमा ढुक्क छिन् । ‘गीत राम्रो लागेर अभिनय गर्न राजी भएकी हुँ पक्कै दर्शकको मन जित्नेछु’ उत्साहित हुँदै उनले भनिन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *