युवालाई कृषिमा आकर्षित गर्न सहकारी खेती प्रणाली आवश्यक !

म्याग्दी, २०७४ बैशाख ८ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जि.सी.ले कृषि क्षेत्रबाट टाढिदै गएको जनशक्तिलाई कृषिमा आकर्षण गराउनका लागि सामुहिक खेती प्रणालीलाई स्थापित गर्नु पर्नेमा जोड दिएका छन् ।

बेनी नगरपालिका वडा नंं ६ मा सञ्चालित जामुनाखर्क कृषि सहकारी संस्था लिमिटेड म्याग्दीले बिहीवार आयोजना गरेको एक दिने सहकारी शिक्षा तथा सचेतना कार्यक्रममा बोल्दै जिसीले यस्तो बताएका हुन ।

सदियौदेखि कृषि क्षेत्रसंग जोडिएको जनशक्ति क्रमश कृषिबाट टाढिदै गएको भन्दै उहाँले परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी आधुनिकीकरणतर्फ लाग्नु पर्ने बताए । त्यसका लागि सहकारी खेती नै उपयुक्त हुने जिसीको भनाइ थियो ।

नेपाल जस्तो कृषि प्रधान मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि कृषिलाई व्यावसायीकरण गर्न सहकारी माध्यम उपयुक्त हुने धारणा राख्दै जिसीले सहकारी खेती प्रणालीलाई राज्यले कृषि क्षेत्रको विकासको मोडेल बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीका अध्यक्ष कृष्ण बाँनियाले सहकारी मार्फत कृषि, पशुपालन र साना उद्योगको स्थापना गरी आयआर्जन गर्न सदस्यहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रम जामुनाखर्क कृषि सहकारी संस्थाका अध्यक्ष गंगालाल सुनारको अध्यक्षता, सचिवव सुवास वि.क.को सञ्चालन र कोषाध्यक्ष सरस्वती शर्मा वि.क.को स्वागतमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सहकारीको परिचय, सहकारी मार्फत कृषिको व्यावसायीकरण, सहकारीमा शेयर सदस्य, सञ्चालक र कर्मचारीको भूमिका लगायत सहकारी मार्फत दीगो आर्थिक विकासका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *