जैमिनी नगर पालिका राङखानीमा राजमोको चुनावी प्रशिक्षण भेला सम्पन्न !

विजय राना, बागलुङ २०७४ बैशाख ८ । बागलुङको जैमिनी नगर पालिका वडा न. १० राङखानीमा राष्ट्रिय जनमोर्चाले विहिबार चुनावी प्रशिक्षण भेला सम्पन्न गरेको छ ।

भेलाले राष्ट्रिय जनमोर्चा ग्राम समिति राङखानीका सचिव मिनबहादुर श्रीषको संयोजकत्वमा १ सय १ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ
भेलामा राष्ट्रिय जनमोर्चाको तर्फबाट मेयर पदका दावेदार नरबहादुर पुनले राजनितिमा आफ्नो निश्कलङ्क छवि भएकै कारण निर्वाचनमा आफुहरुलाई नागरिकले विजयी गराउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा उपमेयरका दावेदार लिलादेवी शर्मा, अखिल नेपाल महिला संघका जिल्ला सचिव डिलकुमारी श्रीष, अखिल छैठौँका जिल्ला सउपमेयरका दावेदार लिलादेवी शर्मा, अखिल नेपाल महिला संघका जिल्ला सचिव डिलकुमारी श्रीष, अखिल छैठौँका जिल्ला सह–सचिव कृष्ण थापा लगायतले बोलेका थिए ।

राष्ट्रिय जनमोर्चा राङखानी ग्राम समितिका उपाध्यक्ष टिकाराम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मिनबहादुर श्रीष र स्वागत मंतव्य अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य महेन्द्र शर्माले गर्नु भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *