एमालेबाट गल्कोट नगरपालिकाको मेयरका उम्मेदवार श्रीस माओवादी केन्द्रमा प्रवेश !

गल्कोट २०७४ बैशाख ८ । नेकपा एमालेबाट गल्कोट नगरपालिकाको मेयर पदमा उमेदवार बनेका जनयुद्ध सुरुवात गर्दा ने.क.पा.माओवादी बागलुङका सेक्रेटरी गल्कोट हरिचौरका यमबहादुर श्रीस बिहीबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । श्रीसलाई पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले पार्टी प्रवेशका साथै स्वागत गरेका थिए । उनी बैशाख ५ गतेमात्रै एमालेबाट गल्कोट नगरपालिकाको मेयर पदमा उमेदवार घोषित भएका थिए ।

स्थानीय तहको निर्वाचनमा बृहत वाम एकताको प्रयास भैरहेको बेला श्रीसको पार्टी परिविर्तनले वाम एक हुने संभावना न्यून भएको वामपन्थीहरुवीच टिप्पणी हुन थालेको छ । राष्ट्रिय जनमोर्चाले आफना सबै उमेदवार घोषित गरिसकेको छ भने एमालले उमेदवारहरुको नामावली क्रमश बाहिर ल्याईरहेको छ ।माओवादी केन्द्रले भने अझै उमेदवार घोषणा गरिसकेको अवस्था छैन ।

श्रीसको पार्टी परिवर्तन पछी उनी नै माकेबाट मेयरको उमेदवार बन्ने राजनीतिबृत्तमा चर्चा चलेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *