स्थानीयले बनाएको सडक बाढीले बगाएपछी मर्मत गर्न नसक्दा जनता निराश !

हुमकुमारी अदै, बुर्तिवाङ २०७४ बैशाख ७ । ढोरपाटन नगरपालिका वडा नं. ६ माटे गाउँका जनताले आफै लगानी गरेर निर्माण गरेको सडक यस वर्ष सञ्चालनमा नआएसँगै त्यहाँका जनता निरास भएका छन् ।

वडा नं.६ को भण्डारीगाउँदेखि करिव १ किलोमिटर मोटरबाटो त्यहाँका २१ घरधुरी परिवारले ७ लाख ८० हजारको लागतमा निर्माण गरेका थिए । सडक निर्माणसँगै गत साउन महिनाको आएको वाढी पहिरोले बगाइदिएपछि यस वर्ष ममर्त नभई सडक सञ्चालनमा नआएको मोटरबाटो निर्माण समितिका अध्यक्ष बोमबहादुर अदैले बताए । सडक निर्माण भएकै वर्ष वाढीले त्यस स्थानका करोंडौको क्षति भएको अदैले बताए ।

गाउँकै नजिक भण्डारी गाउँसम्म मोटरवाटो पुगेपछि माटेगाउँका स्थानीय सामाजिक व्यक्तित्वहरुको सक्रियतामा एक घरबाट ३० हजारका दरले रकम संकलन गरेर उक्त मोटरवाटो बनाएका थिए । अहिले वाढीले सबै बगाएको छ । मर्मतका लागि कुनै निकायबाट वजेट प्राप्त नभएपछि त्यहाँका वासिन्दा मर्कामा परेको स्थानीय रातो पहरा युवा क्लवका अध्यक्ष हितन अदैले बताए । त्यस बखत क्लवले पनि २ घण्टा वरावरको डोजर लगाएको बिल १२ हजार सहयोग गरेको क्लवका अध्यक्ष अदैको भनाई छ ।

मोटरबाटो बनाएपछि स्थानीयलाई आवत, जावत गर्न र खाद्यान्न सरसामानहरु ओसार पसार गर्न सजिलो हुने अपेक्षा गरिएको थियो । गाउँमा सडक पु¥याउने भनेपनि त्यहाँ गठन भएको छोरी समुहले पनि १० घण्टा डोजर लगाएको ६० हजार सहयोग गरेको समुहकी उपाध्यक्ष डोलमायां अदैले बताईन् । यसरी सहयो गर्नेहरुमा प्रकाश भण्डारीले ३ घण्टा, स्थानीय अगुवा महिला लीलमाया भण्डारी, देबेन्द्र घर्ती, दुर्गा भण्डारी, रेशम रसाइलीले १।१ घण्टा गरी ६० हजार रुपयाँ सहयोग गरेको सडक निर्माण समितिका सचिव डोलमायाँ अदैले बताईन ।

गाउँमै सुविधा होला भनेर मोटरवाटो बनाइयो तर बाढीले सबै बगाएपछि मर्मतका लागि वजेट नहुँदा माटेगाउँका स्थानीय अहिले पनि दुई घण्टाको बाटो सरसामान बोकेर पु¥याउन बाध्य भएको स्थानीय हरिकुमारी अदैले गुनासो गरिन । कोही कसैले उक्त सडक मर्मत गरिदिन्छ कि भन्ने उनीहरुमा अझै राज्यको निकाय प्रति भरोसा भने रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *