माओवादी केन्द्रको मल्ममा चुनाव केन्द्रित कार्यक्रम सम्पन्न !

थम्मन थापा सन्देश, गलकोट २०७४ वैशाख ७ । आसन्न स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा गाउॅ गाउॅमा चुनावी सरगर्मी बढेको छ । यसै क्रममा माओवादी केन्द्रको उपहार, गाउॅ र नगरमा सिहंदरबार भन्ने मुल नाराका साथ नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ मल्मले चुनाव केन्द्रित कार्यक्रम बिहीबार सम्पन्न गरेको छ ।

कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार सुवेदार टिका बहादुर थापाले विगत देखि नै समग्र वडाको विकासमा आफूहरु निरन्तर लागेको स्मरण गराउॅदै आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई मतदान गरि विजयी गराउन आग्रह गरे ।

सो अवसरमा नेकपा माओवादी केन्द्रको तर्फबाट सदस्यका प्रत्यासीहरु डिल बहादुर परियार, लोक बहादुर थापा, मिना दर्जी र पदमा नेपालीले निर्वाचन केन्द्रित मन्तव्य राखेका थिए।

माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरु, गलकोट नगर कमिटीका सदस्यहरु, गाउॅ कमिटी सदस्यहरु, वाईसियल सदस्यहरु, माओवादी कार्यकर्ताहरु गरि झण्डै १ सय जनाको उपस्थिती रहेको कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष छुम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । माओवादी केन्द्रले आजै तल्लो सिरबारेमा चुनाव केन्द्रित घरदैलो तथा जनभेटघाट समेत सम्पन्न गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *