फलेवास नगरपालिका-१ को वडाध्यक्षमा माओवादी केन्द्रबाट विक सर्बसम्मत !

महेन्द्र केसी पर्वत २०७४ बैशाख ७ । फलेवास नगरपालिका १ कार्कीनेटाको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट मेघलाल विश्वकर्मा उठ्ने भएका छन् । उनी सर्वसम्मत रुपमा वडा भेलाबाट वडा अध्यक्षको लागि सिफारिस भएका हुन् । पार्टीले औपचारिक रुपमा उनलाई घोषणा गर्नमात्रै बाँकी रहेको छ ।

विंस २०६० सालमा दलित मुक्ति मोर्चा जिल्ला शाखा पर्वतको सदस्यता लिएका उनले २०६४ सालमा नेकपा माओवादी जिल्ला सदस्यका रुपमा रहेर काम गरेका थिए । विं स २०७१ मा सचिवालय सदस्य हुदै दलित मुक्तिमोर्चाको अध्यक्ष समेत बने । अहिले दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्य समेत रहेका छन् । मुक्तिमोर्चाको जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य समेत रहेका उनलाई फलेवास नगरपालिकाको नगरकमिटिको उपाध्यक्षको जिम्मा समेत पार्टीले दिएको छ । शिक्षक पेशाबाट अबकाश प्राप्त गरेपछि पूर्ण रुपमा राजनीतिमा लागेका उनी शिक्षक संघ, दलित संघ लगायतका सामाजिक संघसंस्थामा समेत रहेर काम गर्दै आइरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *