विदेशमा लोकप्रिय बन्दै सिवाईसी : सामाजिक सञ्जाल मार्फत सदस्य विस्तारमा तिव्रता !

सुमन जि.सी, बागलुङ, २०७४ बैशाख ७ । बागलुङ स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. पछिल्लो समय सबै माझ एकदमै लोकप्रीय बन्दै गएको छ । नेपालमा मात्र नभएर संस्था जापान, कोरीया, बेलायत लगाएतका देशहरुमा पनी लोकप्रिय वन्दै गएको हो ।

अहिले यस संस्थाको शेयर सदस्य बन्नका लागि बागलुङ जिल्लामा स्थायी घर भई कामको शिलशिलामा विभिन्न देशहरुमा रहेका व्यक्तिहरुबाट दिनहु शेयर बन्नका लागि आवेदन आउने गरेका छन् । संस्थाले सञ्चालन गरिरहेको आर्थिक कारोवारका साथसाथै सामाजिक सुरक्षाका क्षेत्रमा पु¥याएको योगदानका कारण संस्थाको सदस्य बन्ने अभियान देश विदेशमा चलिरहेको छ ।

संस्थाले सञ्चालन गरेका गतिविधिहरुवाट आफ्नो पहिचान देश विदेशमा स्थापीत गर्न सफल भएकाले यस संस्थाको स्थmगत अवलोकनका लागि देशभरका सहकारी संस्थाहरुवाट सहकारीकर्मीहरुको टोली आउने क्रम अत्याधिक रहेको छ । यस आ.व. मा मात्र संस्थामा ४ हजार भन्दा वढिले अवलोकन गरिसकेका छन् ।

एसीयाली ऋण महासंघद्धारा प्रतिपादीत ऐक्सेस व्राण्डीङ कार्यक्रममा संलग्न यो संस्थाले सहकारीको माध्यमवाट पर्यटन प्रर्वद्धनमा योगदान पु¥याउनुका साथै सहकारी क्षेत्रमा नेतृत्वदायी भूमिका समेत प्रदान गरिरहेको छ । यसै सन्दर्भमा काठेखोला गाउँपालीका वडा नं. ५ करलीम हाल जापानको हिरोसीमामा रहेका दयाराम कँडेल र उहाँका धर्मपत्नी कमला कँडेलले संस्थामा हालसम्मकै सबैभन्दा धेरै कित्ता शेयर खरीद गरी सवोत्कृष्ठ शेयर सदस्यको रुपमा रहेका छन् । त्यस्तै बुधवार नै काठेखेला गाउपालीका वडा नं. ५ हाल जापान निवासी अनन्त रिजाल, राजु कँडेल, काठेखोला गाउपालीका वडा नं. ६ किमवोट हाल जापान नीवासी धुर्व कँडेल र ताराखोला गाउँपालीका अर्गल सिले हाल जापन नीवासी शिवलाल कँडेललाई संस्थाको शेयर सदस्य बनेकोमा संस्थाले सामाजिक सञ्जाल मार्फत स्वागत तथा सम्मान गरेको छ ।

संस्थाले जापानमा ३ सय सदस्य पु¥याउने अभियान अन्तर्गत बुधवार भएको सदस्य विस्तार अभियानमा सिवाईसी नेपालका सदस्य हाल जापान निवासी लक्ष्मी रिजाल र अनन्त रिजालले सम्पर्क सुत्रको रुपमा पु¥याएको भूमिकाको उच्च मुल्याङ्क गर्दै संस्थामा उत्कृष्ठ शेयर सदस्य बन्ने दयाराम कँडेलका दम्पती र अन्य सम्पूर्णलाई उन्नती, प्रगती र समृद्धिको कामना गर्दै यो अभियानलाई सघाउ पु¥याउन जापन निवासी सम्पूर्ण बागलुङबासीलाई साथ र सहयोग गर्न संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले आग्रह गरेका छन् ।

प्रदेश नं. ४ को उत्कृष्ठ संस्थाको रुपमा आफुलाई स्थापित गर्न सफल संस्था २०६६ चैत्र २६ गते डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भई २०६७ असोज २२ गतेका दिनवाट कारोवार शुभारम्भ गरेको संस्थामा हाल १ केन्द्रिय कार्यालय ६ सदस्य सेवाकेन्द्र, ५ हजार शेयर सदस्य, १५ करोड १० लाख शेयर पुँजी, ३० करोड बचत, ४८ करोड लगानीमा रहिरहेको ऋण, ४ करोड कोष, २८ जना पूर्णकालीन कर्मचारीहरु , ५८ करोड बराबरको सम्पत्ती रहेको र आगमी १० वर्ष भित्र २० वटा कार्यालय, ५० हजार सदस्य, ४० करोड शेयर पुँजी, ४ अरब बचत, ५ अरब लगानीमा रहिरहेको ऋण, १० करोड कोष, १५० जना पुर्णकालीन कर्मचारी र ७ अरब बराबरको सम्पती पु¥याउने योजना रहेको अध्यक्ष पौडेलले जानकारी गराएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *