निर्वाचन परिचालनका लागि नेविसंघको प्रशिक्षण

सुमन जि.सी, बागलुङ, २०७४ बैशाख ४ । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बागलुङको आयोजनामा संघसंग सम्वद्ध विद्यार्थीहरुका लागि १ दिने निर्वाचन परिचालन तथा प्रशिक्षण कार्यक्रम बुधवार बागलुङ बजारमा सम्पन्न भएको छ ।

नेपाल विद्यार्थी संघको ४८ औं स्थापना दिवसको अवसर पारी स्थानीय तहको निर्वाचनलाई लक्षीत गर्दै “गाउँ जाऔं, नगर जाऔं, जनता जागौं काग्रेंस, जिताऔं” भन्ने नाराका साथ अयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतीथि नेपाली काग्रेसका जिल्ला सभापती दिपेन्द्रवहादुर थापाले नेपाल विद्यार्थी संघ भनेको कांग्रेसको मेरुदण्ड भएकाले स्थानीय निर्वाचनमा पार्टीलाई जिताउनका लागि सबै विद्यार्थीहरुलाई जनताको भावना बुझेर अनुशासीत र मर्यादित भएर अगाडि वढ्न आग्रह गरे ।

कार्यक्रममा बोल्ने बक्ताहरु नेपाली काग्रेंस क्षेत्र नं. १ का सभापती चिरञ्जीवी गौतम, जिल्ला सदस्य बसन्त कुमार श्रेष्ठ, नगर सभापती महेन्द्र आचार्य, नेपाल तरुण दलका सह–महामन्त्री हरिहर शर्मा, नेपाल विद्यार्थि संघ त्रिचन्द्र क्याम्पसका अध्यक्ष विष्णु पौडेल लगाएतले दिगो शान्ति, समृद्धि र आर्थिक विकासका लागि आसन्न स्थानीय निर्वाचनमा काग्रेंसलाई जिताउन सम्वद्ध सबैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल महिला संघ जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष सकुन्तला शर्मा, नेपाल प्रध्यापक संघका केन्द्रिय सदस्य धुर्व शर्मा, नेपाल शिक्षक संघ बागलुङका उपाध्यक्ष सीता शर्मा, प्रजातान्त्रीक कानुनी समाजका पूर्व अध्यक्ष निरञ्जनलाल राजभण्डारी, नेपाली काग्रेंसका महाधिवेसन प्रतिनीधि डम्मर वि.क. ले प्रशिक्षण दिएका थिए ।

पार्टीलाई स्थानीय निर्वाचनमा अग्रस्थानमा ल्याउने उद्देश्यले नेपाल विद्यार्थि संघ केन्द्रिय समितिको निर्देशनमा आज देशभरका ७४४ वटा स्थानीय तहमा निर्वाचन परिचालन विशेष प्रशिक्षण कार्यक्रम भईरहेको छ ।

कार्यक्रम नेपाल विद्यार्थी संघका सदस्य कमल बोहोराको अध्यक्षता, सदस्य सुरक्षा खड्काको स्वागत र नेवि संघ धौलागीरी बहुमुखी क्याम्पसका ईकाई अध्यक्ष दिनेश पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *