जैदीको बोरमा गाडी पुगेपछी बाजागाजा सहित हर्ष बढाई !

विजय राना बागलुङ, २०७४ बैशाख ६ । बागलुङको जैमिनी नगरपालिका वडा न. ७ जैदी बोरमा पहिलो पटक गाडी पुगेकोमा स्थानीयहरुले बाजागाजा सहित खुसियाली मनाएका छन् । गाउँमा गाडी पुगेको खुसियालीमा साहित्य संगम बोरको आयोजनामा साहित्यिक रचना वाचन, सांस्कृतिक कार्यक्रम र बाजा बजाएर खुसियाली मनाएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले गाउँमा सडक पुगे पछि गाउँको विकास निर्माणको लागि बाटो खुलेको बताए ।

बागलुङको दक्षिणमा विकास निर्माणको अथाह सभ्मावना रहेको बताउँदै शिरिषले सडक सञ्जालले जैमिनि नगर पालिकाका जैदी, छिस्ती लगायतका भर्खरै मात्र सडक सञ्जालले जोडिएका गाउँहरुमा विकास निर्माणका कार्यले तिब्रता पाउने पनि बताए ।

कार्यक्रममा कुश्मिसेरा, सर्कुवा, अर्जेवा, जैदी, छिस्ती मोटरबाटो निर्माण समितिका अध्यक्ष लिला राना, नेपाल विद्यार्थी संघका सह–महामन्त्री हरिहर शर्मा, राष्ट्रिय जनमोर्चाका प्रकाश शर्मा, नेपाल पत्रकार महासंघका सचिव राम थापा अविरल कोषाध्यक्ष विजय राना, सञ्चारकर्मी सज्जनकुमार सिंह, समाजसेवी नैनसिंह राना, धौलागिरी कला साहित्य मञ्चका अध्यक्ष जयन्ती थापा (सरगम), सयपत्री युवा क्लवका पूर्व अध्यक्ष जंग बहादुर थापा लगायतले शुभकामना मंतव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा जनप्रीय युवा क्लव बोरले भगवती प्रथामिक विद्यालयलाई १६ थान कुर्सी वितरण गरेको थियो । स्थानीय जङ्गबहादुर केसीको सौजन्य रहेको कुर्सी क्लवका निवर्तमान अध्यक्ष तर्कबहादुर रानाले विद्यालयका शिक्षक चूर्णबहादुर रानालाई हस्तान्तरण गरेका थिए ।
साहित्य संगमका अध्यक्ष धु्रव रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मिलन राना र स्वागत मंतव्य सदस्य कमल रानाले गर्नु भएको आयोजकले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *