कलाकार शाहीको मोटरसाईकल दुर्घटनामा मृत्यु !

बागलुङ २०७४ बैशाख ६ । जैमिनी नगरपालिका साबिक कुस्मीसेरा गाविस ४ आँप्टारीमा भएको मोटरसाईकल दुर्घटनामा सोही ठाउँ निवासी वर्ष ४७ का दलबहादुर (प्रदीप) शाहीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतक शाही मंगलवार कुस्मीसेरा बजारबाट आफ्नै ग ८ प ६४९६ नं को मोटरसाईकलमा आईरहेको मौकामा करीब ४ बजेको समयमा सडक देखी करीब ७ मिटर तल खसेर घाईते भएको अवस्थामा स्थानीयहरुले देखी उपचारार्थ धौलागिरी अन्चल अस्पताल बागलुङमा ल्याउदा अस्पतालले मृत घोषित गरेको थियो ।

मृतक शाही लोकप्रिय गायक हुनुका साथै समाजसेवमा समर्पित सरल, मिलनसार एवं मृदुभाषी व्यक्ति थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *