बागलुङमा दुई दिनमा तीन जनाव्दारा आत्महत्या !

बागलुङ २०७४ बैशाख २६ । बागलुङ जिल्लामा आत्महत्याका घटनाहरु बढेका छन् । यहि बैशाख ४ र ५ गते दुई दिनको अन्तरालमा ३ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्राप्त जानकारी अनुसार मंगलवार राति ८ बजेको समयमा साबिक तित्याङ ८ घर भई हाल बानपा ७ वस्ने बर्ष ५१ की जित कुमारी श्रेष्ठ आफ्नै घरको माथिल्लो तल्लामा गई घरको धुरी बलोमा कपडाको चुन्नीको पासो लगाई झुण्डीएर आत्महत्या गरेकी छिन् ।

बैशाख ४ गते बागलुङ नगरपालिका साविक पैयुँपाटाका प्रकाश पौडेलले विषाधि सेवन गरी र बागलुङकै बरेङ गाउपालिकाका मति प्रसाद पाध्याले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *