गलकोट नपामा एमाले उम्मेदवार यस्ता छन् !

बालकृष्ण सुबेदी ,गलकोट २०७४ बैशाख ६ । नेकपा एमाले गलकोट नगर कमिटिले आगामि स्थानिय तहको निर्वाचनका लागी मेयर, उपमेयर सहित, वडा अध्यक्ष सहित सदस्यहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

मेयर पदका लागि यम बहादुर श्रीस, बैकल्पिक मेयरका लागी शन्त थापा, र उपमेयरका लागी रत्ना भण्डारीलाई सिफारिस गरेको छ ।

त्यस्तै गलकोट नगरपालिका भित्रका वडा अन्तर्गत वडा नम्बर १दुदिलाभाटीमा पदम कार्की, वडा नम्बर २ नरेठाटीमा बुल बहादुर केसी, वडा नम्बर ३ हटियामा  मिन बहादुर खत्री, वडा नम्बर  ४ हटियामा  धन बहादुर खड्का, वडा नम्बर हरिचौर ५ मा पुर्ण बहादुर काउचा, वडा नम्बर ६ हरिचौरमा ओम बहादुर सुनार,  वडा नम्बर ७ मल्ममा होम बहादुर बस्नेत, वडा नम्बर ८ काडेबासमा महाश्रम शर्मा, वडा नम्बर ९ मल्ममा कृष्ण दर्जी ,वडा नम्बर  १० पाण्डबखानीमा खड्कसिह श्रीस र वडा नम्बर ११ रिघामा डम्बर श्रीसलाई सिफारिस गरेको छ ।

एमाले गलकोटले बाम सक्ति संग तालमेल गरेर अघि बढ्ने जनाएको छ । यहाँ क्रियाशील रास्ट्रीय जनमोर्चा र माओबादी केन्द्र संग छलफल भएको एमाले श्रोतले जनाएको छ । पछिल्लो अवस्था अनुसार माओबादी केन्द्र संग भने तालमेलको संभावना न्यून बनेको देखिन्छ ।

तालमेलका लागी बुल बहादुर केसीको नेतृत्वमा वार्ता समिति समेत गठन गरि छलफल अघि बढाएको नेकपा एमाले गलकोट नगर कमिटिले जनाएको छ ।

 

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *