निगालपानीमा भलिबल प्रतियोगिता जारी, आजदेखी महिला भलिबल !

रोशन थापा, बुर्तिवाङ २०७४ बैशाख ६ । बडीगाड गाउँपालिकाको वडा नंं १० निगालपानी स्थित धौलागिरी विकास युवा क्लवले नव वर्षको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगिता जारी छ ।

कुल १३ टिमको सहभागीता रहेको पुरुष भलिवल प्रतिययोगीताको मंगलवार सम्मन्न खेलमा आयोजक समु्ह ए र हेप्पी योङ हर्ट समुह ए देविस्थान फाईनलमा प्रवेश गरेका छन् ।

१० टिम सहभागी रहेको महिला भलिवल प्रतियोगीतामा आज बुधवारबाट सुरु हुने हुने आयोजकले जनाएका छन् । ।

कार्यक्रममा स्थानीय नौमति वाजा समुहको प्रस्तुति, सोरठी नाँच, आइटिएफ खेलाडी रविन बुढाको नेतृत्वमा डेमोस्ट्रेसन प्रस्तुति तथा कलाकार श्याम विसी र सुमित्रा विसीले साँगीतिक प्रस्तुति दिएका थिए ।

मंगलबार सम्पन्न कार्यक्रममा हरेक वर्ष जस्तै क्लवले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित खेलकुदका कार्यक्रमहरका आयोजना गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *