जनपक्षिय काम गर्ने उमेदवार छान्न जनतालाई साँसद मीना पुनको आग्रह !

बुर्तिवाङ २०७४ बैशाख ५ । राष्ट्रिय जनमोर्चाको राष्ट्रिय प्रचारात्मक अभियान आज ढोरपाटन नगरपालिकाको वडा नं. ९ ढोरपाटनमा सम्पन्न भएको छ । जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका अन्तरगतको वडा नं. ९ को आयोजनामा उक्त कार्यक्रम भएको हो ।

प्रजातान्त्रिक विकेन्द्रियता, संविधानको कार्यान्वयन र स्थानीय विकासका लागि राष्ट्रिय जनमोर्चाका उमेदवारलाई मतदान भन्ने नारा सहितको राष्ट्रिय प्रचारात्मक अभियानको कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरपालिका समन्वय समितिका सदस्य चन्द्रसिंह कुमाईको अध्यक्षता तथा अखिल नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष तथा साँसद मीना पुनको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै ब्यबस्थापिका संसदका साँसद मिना पुनले अहिलेको स्थानीय तहको निर्वाचनमा जनपक्षिय काम गर्ने उमेदवारलाई मतदान गर्न जनतालाई आग्रह गरिन ।
कार्यक्रममा बोल्दै साँसद पुनले, राष्ट्रिय जनमोर्चाले जनहितमा काम गर्ने उमेदवार निर्वाचनमा उठाउने भन्दै उनीहरुलाई मतदान गरि विजयी बनाउन आग्रह गर ।
की हुन् ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियनका केन्द्रिय अध्यक्ष नारायण सापकोटा , ढोरपाटन नगर पालिका समन्वय समितिका संयोजक धनबहादुर अदै, अखिल छैठौंका केन्द्रिय महासचिव भिमलाल पोख्रेल लगायतले बोलेका थिए ।

राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरपालिका समन्वय समितिका रकम कायतको स्वागत मन्तव्य, तथा जेमबहादुर विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

यसैवीच राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समन्वय समितिले आज नगरपालिकाको वडा नं. ५ र ६ को संयुक्त वडा भेला अधिकारीचौरको सहीखोलामा सम्पन्न गरेको छ ।

साविकको अधिकारीचौर ग्राम समिति अध्यक्ष चन्द्र बहादुर घर्ति मगरको अध्यक्षतामा सम्पन्न भेलामा दुई वडाका कार्यकर्ता तथा समर्थकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव धर्मबहादुर कुवँरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथितथि कुवँरले, राष्ट्रिय जनमोर्चा सधै जनहित र जनताको जनजीविकाको पक्षमा आवाज बोल्दै आएकोले स्थानीय तहको निर्वाचनमा पनि सही नैतिकवान र जिम्मेवार उमेदवार लिएर आएकाले मतदान गरि विजयी गराउन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य टेकबहादुर घर्ति मगर, ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाका तर्फबाट मेयर पदका उमेदवार गौरीश्वर पाण्डे, उपमेयर पदका उमेदवार दुर्गादैवी घर्ती मगर, देवेन्द्र छन्त्याल लगायतले बोलेका थिए ।

सल्लाहकार तुल्सीराम उपाध्यायको स्वागत मन्तव्य तथा दुर्गा भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच भेलाले चुनावी प्रचार प्रसारका लागि दुई वडाका १९ स्थानमा १ सय १ सदस्यीय प्रचार प्रसार कमिटि गठन गरिएको छ ।

यस्तै वडा नं. ५ मा बीर बहादुर पुन र वडा नं. ६ मा चन्द्र बहादुर घर्तिको संयोजकत्वमा प्रचार प्रसार मुल समिति गठन भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *