माओबादी केन्द्रको ठुलो वर्ग दुश्मन एमाले भएकाले चुनावमा सहकार्य गर्न सकिदैन- दीपशीखा

कोपिला कंडेल, बागलुङ २०७४ बैशाख ५ । योङ्ग कम्युनिष्ट लिग (वाईसीयल) नेपालका केन्द्रिय संगठन बिभाग प्रमुख राम प्रसाद साप्कोटा दिपशिखाले नयां संबिधानमा प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि स्थानिय तहको निर्वाचनमा नेकपा माओबादी केन्द्रले जित्नुपर्ने बताएका छन् । वाईसियल नेपाल बागलुङको एकता भेला तथा चौथो जिल्ला सम्मेलनको आज बागलुङमा उद्घाटन गर्दै उनले मुलुकको बिकास र परिवर्तनका लागि सबै भन्दा बढि रगत माओबादी केन्द्रले बगाएको दाबी समेत गरे ।
उनले वर्तमानको माओबादी केन्द्रको सबैभन्दा ठुलो वर्ग दुश्मन एमाले रहेको आरोप लगाउदै गणतन्त्र र संघियताको नारा सहित हिजो जनयुद्धमा बगाएको रगतलाई महिलाको प्रशव पीडाको रगत संग तुलना गर्ने एमालेहरुमा कुनै राजनीतिक सच्चा चरित्र नभएकोले आगामी निर्वाचनमा सहकार्य गर्न नसकिने स्पष्ट पारे ।
उनले भने हाम्रो सबै भन्दा ठुलो दुश्मन अहिले एमाले देखिएको छ , माओबादीलाई सिद्धाउन खोज्ने र सत्तोसराप गर्नेहरुसंग सहकार्य हुदैन ।
पछिल्लो राजनितिक परिवेसमा वाईसियलहरु ज्ञानी बन्दा एमाले काङ्गेसले त्यसको नाजायज फाईदा लिन खोजेको चर्चा गर्दै वाईसियल नेता दिपशिखाले आगामी दिनमा वाईसियल ज्ञानी बन्न नसक्ने बताए । उनले ०४६ साल पछिको करिब २४ बर्ष काङ्गेस एमालेले सरकारको नेतृत्व गर्दा मुलुकका महत्वपुर्ण नदीनाला र उद्योग धन्दा बेचेको आरोप समेत लगाए ।
सो अवसरमा नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला संयोजक फमलाल निउरे, वाईसियल नेपालका ४ नम्वर ईन्चार्ज सुमन देबकोटा, नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला सह ईन्चार्ज चन्द्र बहादुर बुढा सागर, केन्द्रिय सदस्य प्रकाश घर्ति, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कोपिला कंडेल र अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष पदम खत्रि लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
अधिवेशनले झमान पाण्डेको अध्यक्षतामा ६५ सदस्यीय योङ्ग कम्य्ुनिष्ट लिग (वाईसीयल) जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अरबीन थापा, राजन कुमार पाईजा, बिपिन बिक, सचिव धुर्व चोखाल,सहसचिव रमेस घर्ति, मिलन रेश्मी मगर, याम बहादुर थापा र कोषाध्यक्ष सबिना धर्ती लगायत ६५ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत चयन भएको वाईसियलले जनाएको छ । कार्यक्रम वाईसियल नेपालका केन्द्रिय सदस्य एबं बागलुङ्ग जिल्ला संयोजक नरेस केसीको अध्यक्षता, उपाध्यक्ष अरबिन थापाको स्वागत मन्तब्य र सचिव झमान कुमार पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *