गुल्मीमा तरुणदलव्दारा इश्मा लैजादै गरेका बिजुलीका पोल कब्जा !

हुमाकान्त पोखरेल, गुल्मी २०७४ वैशाख ५ । गुल्मीनेपाली काङ्ग्रेस निकट युवाहरुको भातृ संगठन तरुण दल नेपाल हस्तिचौर वडा कमिटीले गाउं पठाउदै गरेको स्टिल पोलहरु कब्जा गरेको छ । नेपालगञ्ज हुँदै बुटबलबाट इश्मा दोहोली लैजादै गरेका २ ट्रक पोल उनीहरुको कब्जा गरेका हुन् ।

पोल इश्मा गाउंपालिका वाड नम्बर १ हस्तिचौरको थुनुवाखोला नजिकै कब्जा गरिएको हो । नजिकिदै गरेको स्थानिय निकायको चुनावलाई लक्षित गर्दै केहि विकास निर्माणका योजनाको लोभ देखाएर नेकपा एमालले भोट माग्ने उद्देश्यका साथ लैजादै गरेका पोलहरु बरामत गरिएको तरुण दल क्षेत्र नम्बर ३ का सभापति चुराबहादुर खत्रीले बताए ।

आफूहरुले पोल कब्जामा लिएको केहि समयमै नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तोयनाथ सापकोटा, नारायण पैयाँनी, लक्ष्मण विष्ट, लक्ष्मण पराजुली लगायतको समुह त्यस स्थानमा गई पोल लैजानुपर्छ भनेको तर ती पोलहरुको कुनै वैधानिकता नदेखेर आफूहरुले कतै लैजान नदिएको खत्रीको भनाई छ ।

ड्राइभरले पनि ती पोलहरु बारे केहि नबताएको र कुनै कागज वा पोलको प्रमाण खुल्ने गरि कुनै कागज नभेटीएकोले शंकास्पद अवस्थामा आफूहरुले कब्जामा लिएको तरुण दलले जनाएको छ ।

त्यसरी बरामत गरिएका बिजुलीका पोलहरु अब निर्वाचन सम्पन्न नहुँदासम्म प्रहरी चौकीमै राख्ने अध्यक्ष खत्रीले बताए । कब्जामा लिइएका १ सय ६० पोलहरु अहिले प्रहरी चौकी धनार्जीमा राखिएका छन् ।

नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तोयनाथ सापकोटाले तरुण दलले कब्जा गरेका ती पोलहरुसँग पार्टीको कुनै सरोकार नभएको बताएका छन् । उनले पार्टीको बैठकको निमित्त आफूहरु पनाहाघाटको टिका शेश्मीको घरमा पुगेको र त्यहाँबाट फकैदै गर्दा उक्त घटनास्थलमा पुगेको बताए । त्यसका साथै उनँले आफूलाई त्यस स्थानमा तरुण दलका ब्यक्तिहरुले आफूमाथि हमलाको प्रयास गरेको समेत बताए । तरुण दलले एमालेमाथि लगाएको आरोपको भने उनले खण्डन गरे ।

नेपाल विद्युत प्राधिकरण जिल्ला वितरण केन्द्र गुल्मीका प्रमुख दिपक सापकोटाले पोलहरु वैधानिक भएको बताएका छन् । आर्थिक बर्ष २०७२÷७३ मा क्षेत्रिय कार्यलय बुटबलले ठेक्का सम्झौता गरेका पोलहरु भएको बताए । उनले ठाउँको सर्वे लगायतका कामहरुले पोल ल्याउन ढिलाई भएको बताए ।

त्यसका सम्बन्धमा स्थानिय बासिन्दाले चाहे ती पोलहरु लैजान सक्ने भन्दै उनले पोलहरु कुनै उपभोक्ता समितिका नभएर ठेकेदारका भएको हुनाले उपभोक्ता समतिका कागजातहरु आवश्यक नपर्ने बताए । अहिले बरामत गरिएका पोलहरु २०७३ वैशाख ७ गते बुटबलमा नेपालगञ्जको कम्पनी वल्र्ड विथ प्राइभेट कम्पनी सँग सम्झौता भएको प्राधिकरणले जनाएको छ । पोलहरु इश्मा गाउपालिकाको दोहोली र दर्लामचौर लैजादै गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *